सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

जेब्राक्रसमा जङ्गेपिलर

Nepal Telecom ad

हे बरै !
सारङ्गी बजाउँदा बजाउँदै
कर्खा गाउँदा गाउँदै
पुरानो इतिहासका
पुराना अक्षरहरू टेकेर
पुरानै बाटोमा हिँड्दा हिँड्दै
अचानक रोकियो गाइने
र नराम्ररी अलमलियो(
अब कुन गीत गाउने ?

पृथ्वी नारायणकोे सालिकमा
उठेको छ एउटा मात्र औंलो
तर फरक फरक छन् इतिहासका गीतहरू
फरक फरक छन् मान्छेका सत्यहरू !

अब कुन गीत गाउने ?

देब्रे हातमा धनुकाण बोकेर
एउटा परशुराम जस्तो मान्छे
त्यही सालिक तोडिरहेको छ
दाहिनेतिरबाट !
र दाहिने हातमा धूपअक्षता बोकेर
अर्काे नरसिंह जस्तो मान्छे
त्यही सालिक पुजिरहेको छ
देब्रेतिरबाट !

हे बरै !
अब कुन गीत गाउने ?

सायद हामीले गाएका
हिजोका गीतहरू नै गलत हुनुपर्छ
कि गलत हुनुपर्छ –
हामीले आज गाइरहेको
राष्ट्रिय गीत !!

काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
बाबाको सपना

बाबाको सपना

विप्लव ढकाल
भ्यागुताको बिहे

भ्यागुताको बिहे

विप्लव ढकाल
पहिलोचोटि !

पहिलोचोटि !

विप्लव ढकाल
गँगटाकी आमा

गँगटाकी आमा

विप्लव ढकाल
पुर्खाको आत्मा 

पुर्खाको आत्मा 

विप्लव ढकाल
म मसिने चाेर

म मसिने चाेर

गाेपेन्द्रप्रसाद रिजाल
छिर्ने अरूका घर

छिर्ने अरूका घर

मुक्तिनाथ शर्मा
सिटामोल र बुद्ध

सिटामोल र बुद्ध

प्रमोद स्नेही