साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जेब्राक्रसमा जङ्गेपिलर

Nepal Telecom ad

हे बरै !
सारङ्गी बजाउँदा बजाउँदै
कर्खा गाउँदा गाउँदै
पुरानो इतिहासका
पुराना अक्षरहरू टेकेर
पुरानै बाटोमा हिँड्दा हिँड्दै
अचानक रोकियो गाइने
र नराम्ररी अलमलियो(
अब कुन गीत गाउने ?

पृथ्वी नारायणकोे सालिकमा
उठेको छ एउटा मात्र औंलो
तर फरक फरक छन् इतिहासका गीतहरू
फरक फरक छन् मान्छेका सत्यहरू !

अब कुन गीत गाउने ?

देब्रे हातमा धनुकाण बोकेर
एउटा परशुराम जस्तो मान्छे
त्यही सालिक तोडिरहेको छ
दाहिनेतिरबाट !
र दाहिने हातमा धूपअक्षता बोकेर
अर्काे नरसिंह जस्तो मान्छे
त्यही सालिक पुजिरहेको छ
देब्रेतिरबाट !

हे बरै !
अब कुन गीत गाउने ?

सायद हामीले गाएका
हिजोका गीतहरू नै गलत हुनुपर्छ
कि गलत हुनुपर्छ –
हामीले आज गाइरहेको
राष्ट्रिय गीत !!

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोको

बोको

डा. विप्लव ढकाल
दाेभानमा भेट भएपछि

दाेभानमा भेट भएपछि

डा. विप्लव ढकाल
राज्यसँग एकालाप

राज्यसँग एकालाप

डा. विप्लव ढकाल
म अज्ञात शहीद आएको छु !

म अज्ञात शहीद आएको...

डा. विप्लव ढकाल
कागजकाे फिरफिरे

कागजकाे फिरफिरे

डा. विप्लव ढकाल
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
मूला

मूला

दुर्गा रिमाल अधिकारी
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
पीडा

पीडा

हेमराज पन्त
0
Would love your thoughts, please comment.x
()
x