सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

‘स्रष्टालाई इतिहासले कहिल्यै बिर्सदैन’

Nepal Telecom ad

काठमाडौं, २८ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीति बिथोलिएको र समाज निदाएको बेला स्रष्टाहरूले जागेर समाजलाई उठाउन भूमिका निर्वाह गर्नुपर्ने बताए । वरिष्ठ साहित्यकार, नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ तथा साझा प्रकाशनका पदाधिकारीको सम्मानमा मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित रात्रिभोजमा उनले नेपाली साहित्य र सिर्जनालाई विश्व रङ्गमञ्चमा स्थापित गराउन आफूले मनभित्रैदेखि संरक्षकको भूमिका खेल्ने विश्वास दिलाए । प्रधानमन्त्री प्रतिष्ठानको प्रमुख संरक्षक रहने व्यवस्था छ ।

‘आदिकवि भानुभक्त आचार्यदेखि राष्ट्रकवि माधवप्रसाद घिमिरेसम्मका मूर्धन्य स्रष्टाको नाम लिँदै उनले बरु प्रधानमन्त्रीको नाम बिर्सने स्थिति होला तर त्यस्ता स्रष्टाहरूको नाम इतिहासले बिर्सने छैन’ प्रधानमन्त्री ओलीले भने । लोकतन्त्रलाई झगडालु व्यवस्थाका रुपमा नभई समूचित र समुन्नत प्रणालीका रुपमा स्थापित गर्न पनि सबै लाग्नुपर्नेमा उनले जोड दिए । आर्थिक रुपमा जर्जर बनेको साझा प्रकाशनलाई एकपटकका लागि सहयोग गरी बचाउने काम गरिने विश्वास पनि ओलीले व्यक्त गरे ।

कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरेले प्रधानमन्त्री ओलीलाई आफ्नो उखान र अडानको शैली नछाड्न आग्रह गर्दै सबै नेपाली मिलेर राष्ट्रका निम्ति एकजुट हुनुपर्ने बताए । संस्कृतिविद् सत्यमोहन जोशीले साहित्यबाटै देश उठाउन सकिने र यसले नै मेची–महाकालीका जाति, भाषा र संस्कृतिबीच एकताको आधार तय गर्ने धारणा राखे ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad