साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एकता : ए–कता ?

Nepal Telecom ad

बोरामा जसरी अडिन्छ बलले तोरी मिली साथमा
सानो प्वाल भए सकिन्छ सजिलै खस्दै गई अन्तमा ।
ढुङ्गा एक झिके कुनै लहरको भत्किन्छ जम्मै घर
नेपाली मन चर्किएछ जसरी फुट्छन् सिसा पत्थर ।।

बन्छन् सुन्दर पुष्प,पत्र त्यसमा मिल्छन् अनेकौँ जब
फेदीबाट चढ्यौँ भने शिखरमा पुग्ने कुरा सम्भव ।
होला फूट भए निकै असजिलो, हेप्लान् छिमेकीहरू
आफ्नै हो तर फाल्दछौँ किन सबै आक्रोशमा आबरु ।।

माटोका कण राख्छ कीट धमिरो ढिस्को ठुलो बन्दछ
सानोबाट ठुलो भई गगनमा पूर्णेन्दु जो बन्दछ ।
देख्छौँ मेलमिलाप कीट कमिला, मौरीहरूमा तर
ज्ञानी, चेतनशील भन्छ तर के मान्छे विवेकी छ र ?

हेरी बाँदर नारिकेल फल यी फाल्छन् नबुझ्दा गुण
गर्दैछन् गुण ढाकछोप सजिलै खोज्लान् बरू बैगुन ।
सानो दोष मिले बनी ‘घुसघुसे’ थिच्ने र पेल्ने बढी
सच्चा मित्र भएर रूप बदली भेटेँ धकेल्ने बढी ।।

सिङ्गो ज्यान भुली कठै कुकुर यी हड्डी भए लड्दछन्
जो हिँड्छन् दिन रात लक्ष्यतिर ती टुङ्गो महाँ पुग्दछन् ।
यौटा हात भएर मात्र कसरी ताली यहाँ बज्दछ ?
फेदी चिन्न नपाउँदै शिखरमा पुग्ने छिटो खस्दछ ।।

सुर्खेत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x