साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भानु किन चानुमानु ?

Nepal Telecom ad

बित्दा दोस्रो शताब्दीतक अझ जिवितै देख्छु तिम्रा विचारी ।
डिठ्ठाको चाल उस्तै भरसक ठगने छन् सबै कर्मचारी ।
भेँडा बाख्रा थुने झैँ सबजन थुनिने छन् उनै झ्यालखाना !
झन् बढ्ता लामखुट्टे र उडुस उपियाँ गाउँछन् नित्य गाना । १

तिम्रो कान्तीपुरीका चपल ति अबला वस्त्र छोटो लगाई
हिँड्छन् लज्जा नमानी परपुरुषसितै पश्चिमी र्याप गाई ।
मर्दाना वा जनाना बहुत सकसले सक्दछन् चिन्न कोही
लामा लट्टा बनाई पुरुष युवक नै स्त्री बने तुल्य होई । २

पेशा चल्दैन घाँसी बस ! अब मममा भैँसि हुन्छन् चलानी
गाईको मासु खाने चलन शुरु भयो ठुङ्दछन् जानिजानी ।
पैले पैले बनेका जति असल कुवा पुर्न थाले अचेल
त्यस्ताको चल्छ ख्याती जुन जन हुलमा गर्दछन् ठेलमेल । ३

खोज्दा सोती गजाधर् अब त कहिँ कतै मुस्किलै पर्छ भेट्न
पाटी पौवा कुवाको स्थल सहज लिए रेस्टुराँ प्यास मेट्न ।
तिम्रा पाला हुँदाहुन् बधुहरु सुशिला भैसके आज छाडा ।
स्वामी जान्छन् विदेशी श्रमतिर, घरकी ! अस्मिता बेच्न टाढा । ४

बिर्के टोपी लगाई नबस अब त्यहाँ स्वर्गमा काम छैन ।
तिम्रा तीखा झटारा पृथिवितल झरी लौ नहानी हुँदैन ।
कस्दै छड्के पटूका सुर गर घरमा फर्कने झट्ट भानु ।
देख्दा यस्ता अनेकौँ विकृति मुलुकमा, क्यान छौ चानुमानु ? ५

बम्घा, गुल्मी
२०७२ असार २९ गते

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बालेन्ड

बालेन्ड

काशीनाथ मिश्रित
मातापिता !

मातापिता !

काशीनाथ मिश्रित
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
भजन मण्डलीको पुनर्गठन

भजन मण्डलीको पुनर्गठन

काशीनाथ मिश्रित
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
0
Would love your thoughts, please comment.x
()
x