साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उनमा के छ ?

Nepal Telecom ad

सम्पत्ति उनकै बेसी उनी नै बहु चर्चित
सुख सौभाग्यको ताँती उनमै हुन्न वर्जित ।
उनकै व्यस्तता नित्य मान सम्मान आदर
निमन्त्रणा उनैको छ भव्य सर्वत्र सादर ।।

प्रशंसा मुखमा प्यारो होलान् भित्र अरू जति
सामुन्ने उनकै गाथा लोकाचारहरू कति ।
ईर्ष्याले उनका केही छुँदैनन् सत्य तथ्य हुन्
रोकिन्न मनको ईर्ष्या उनी मध्याह्न सूर्य हुन् ।।

बलेको अग्निको तातो ताप्न खोज्नेहरू यहाँ
उनकै सामुमा हुन्छन् कहाँ अन्यत्र वस्तुमा ।
भयो वृद्धि अझै राम्रो धन मान यताउति
प्रगति उनको देख्ता लाग्छ वैराग्य झैँ मति ।।

कस्तो दृष्टि सधैँ अर्को अर्काको मात्र देख्दछ
प्रगति उनकै देख्छ ईर्ष्या रोग न छेक्दछ ।
किन सोचिन्न यो चित्त अरूलाई म के दिऊँ
आफूले कसरी गर्ने राम्रो बाटो कहाँ लिऊँ ।।

मनको रोगमा लड्ने क्षमता अनि सामना
कसरी साथमा जाग्छ काम कर्तव्य भावना ।
उनको दैनिकी हेर्दै किन बाँचिन्छ यो क्षण
आखिर उनमा के छ त्यस्तो गोप्य सुलक्षण ! ।।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मान्छे !

मान्छे !

लेख निरौला
प्लिज सर !

प्लिज सर !

लेख निरौला
मैले हारेँ

मैले हारेँ

लेख निरौला
अरू को छ र !

अरू को छ र...

लेख निरौला
सम्मानवाल

सम्मानवाल

हेमराज पन्त
आक्रान्त मन

आक्रान्त मन

निर्मल पराजुली
मलाई नटेर्ने ??

मलाई नटेर्ने ??

होम सुवेदी
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x