सुलसुलेजन साहित्यिक मञ्चको दोस्रो जिल्ला अधिवेशन
जन साहित्यिक मञ्च, नेपाल, काठमाडौँ जिल्ला दोस्रो अधिवेशन सम्पन्न भएको छ । अध्यक्ष बालमुकुन्द कार्कीको अध्यक्षतामा सम्पन्न अधिवेशनको प्रमुख अतिथि केन्द्रीय अध्यक्ष राम विनय हुनु हुन्थ्यो । अतिथिहरूमा पूर्ण विराम, कणाद महर्षि, जङ्ग पहाडी, डा.षडानन्द पौडेल, डा.फणीन्द्र निरौला, रमेश पोखरेल, गायत्री विष्ट, सानु पहाडी; डम्बर पहाडी, प्रेम सिलवाल, प्रकाश सिलवाल, यशोदा अधिकारी उपस्थित हुनु हुन्थ्यो ।
प्रमुख अतिथि राम विनय र सभाध्यक्ष बालमुकुन्द कार्कीले संयुक्त रूपमा दुइटा मैनबत्ती प्रज्ज्वलन गरी कार्यक्रमको समुद्घाटन गरिएको थियो । दुई सत्रमा सञ्चालित अधिवेशनको पहिलो सत्रमा विशेष कविगोष्ठी थियो । कविहरू प्रेम सिलवाल, रामकुमार पण्डित, बैरागी जेठा, परशुराम पराजुली पराशर, पूर्ण विराम, मुकुन्द न्यौपाने, प्रभाती किरण, भोलानाथ सुवेदी, रामचन्द्र खतिवडा, रमेश पोखरेल, गङ्गा पौडेल, सानु पहाडी, डम्बर पहाडी, जङ्ग पहाडी, नारायण निरासी, यशोदा अधिकारी, प्रशान्त खरेल, कणाद महर्षि, गायत्री विष्ट र देवकुमारी लुइटेलले आआफ्ना कविता, गीत, गजल वाचन गर्नु भएको थियो ।
गोष्ठीपछि सभापति बालमुकुन्द कार्कीले कार्य समिति विघटन गरी डा.षडानन्द पौडेल अध्यक्ष, रमेश पोखरेल र यशोदा अधिकारी सदस्य रहेको अध्यक्ष मण्डलको प्रस्ताव गर्नु भयो । दोस्रो सत्रमा काठमाडौँ जिल्ला समितिका संस्थापक अध्यक्ष प्रकाश सिलवाल, डा.षडानन्द पौडेल र प्रमुख अतिथि राम विनयले अधिवेशन सफलताको शुभकामना व्यक्त गर्नु भयो ।
सचिव रूपक अलङ्कारले साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्ष परशुराम पराजुली ‘पराशर’ले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भयो । प्रतिवेदनमाथि परिष्कार गर्ने निष्कर्ष सहित दुबै प्रतिवेदन पारित गरिए । अधिवेशनले रुपक अलङ्कारको अध्यक्षतामा सर्वसम्मत नयाँ जिल्ला समिति निर्वाचित गरेको छ । उपाध्यक्षमा परशुराम पराजुली ‘पराशर’, सचिवमा गीता सापकोटा, सहसचिवमा देवकुमारी लुइटेल र कोषाध्यक्षमा रामकुमार पण्डित क्षेत्री निर्वाचित हुनु भएको छ । सदस्यहरूमा प्रशान्त खरेल, गङ्गा पौडेल, रामचन्द्र खतिवडा, इन्दु अंशु रहनु भएको छ ।
निवर्तमान अध्यक्ष बालमुकुन्द कार्कीले निर्वाचित अध्यक्ष रूपक अलङ्कारलाई सङ्गठनको माइन्युट हस्तान्तरण गरी जिम्मेवारी हस्तान्तरण गर्नु भयो भने राम विनयले नव निर्वाचित पदाधिकारीलाई बधाई दिनु भयो । नव निर्वाचित अध्यक्ष रूपक अलङ्कारले विज्ञ र परिपक्व मित्रहरू निर्वाचित हुनु भएको हुँदा धेरै ठुला महत्वाकाङ्क्षाका कुरा नगरी सबैको सहयोगका कार्य सम्पादन गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो ।
–रमेश पोखरेल
Subscribe
Login
0 Comments
Oldest











































