साइबर अपराध सम्बन्धी सचेतना सामग्री

डेरा पाऊँ प्रभु !

Nepal Telecom ad

डेरा नयाँ होस् यति आस गर्छु
नचर्किएको घर बास गर्छु
पानी रहोस् नित्य यथेष्ट फेरि
डेरा म पाऊँ प्रभु ! एकफेरि ।।

त्यस्ता नयाँ कक्ष रहून् चिटिक्क
बिहानको सूर्य टलक्क ठिक्क
सबै उज्याला चिरिचट्ट भव्य
डेरा म पाऊँ प्रभु ! एक दिव्य ।।

बजार होस् सुन्दर सामुनेर
जहाँ बसी पुग्न सकूँ हिँडेर
सस्तो र राम्रो घर बास पाऊँ
भाडा नबढ्ने पछिसम्म ठाउँ ।।

दुर्गन्धको गन्ध नहोस् कतै नै
बारी बगैँचा हरिया सबै नै
त्यहाँ म पाऊँ प्रभु ! एक डेरा
सबै सुरक्षाबिच उच्च घेरा ।।

त्यस्ता नहुन् मालिक दम्भरोगी
डेरा छ मानौँ सब स्वार्थ भोगी
वेला नपुग्दै चिट लेख्न थाल्ने
फोहोर मैला बिजुली हकार्ने ।।

नझर्किने मालिक देख्न पाऊँ
अभाव पीडा जसमा सुनाऊँ
झन् पाहुना धेर भए भनेर
जुत्ता नफ्याकून् कहिलै गनेर ।।

के पाउँला खै ! कतिसम्म खोजूँ
यो राजधानी जतिसम्म रोजूँ
थाकेँ प्रभु ! लौ न कतै छ डेरा
जहाँ बसी गुम्न सकून् अँधेरा ।।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे !

मान्छे !

लेख निरौला
प्लिज सर !

प्लिज सर !

लेख निरौला
मैले हारेँ

मैले हारेँ

लेख निरौला
अरू को छ र !

अरू को छ र...

लेख निरौला
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
नयाँ जोगी र नयाँ पाठ

नयाँ जोगी र नयाँ...

तेजविलास अधिकारी
सुशासन र जुत्ता

सुशासन र जुत्ता

हरि कोर्काली
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
बोको

बोको

डा. विप्लव ढकाल
0
Would love your thoughts, please comment.x
()
x