साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अनुपमको पैँतालिसौँ शृङ्खला

Nepal Telecom ad

काठमाडौं २०७३ वैशाख १८ । अनुपम सिर्जना प्रतिष्ठान नेपालको पैतालीसौँ रचना वाचन कार्यक्रम वरिष्ठ कवि डम्बर घिमिरेको प्रमुख आतिथ्य एवं संस्थाका उपाध्यक्ष रमेशप्रसाद गौतमको सभापतित्वमा भव्यरूपमा सम्पन्न भयो । कार्यक्रम एडमार्क कलेज कलङ्कीमा सम्पन्न भएको हो ।

उपत्याकाको पश्चिममा रहेको एक मात्र साहित्यिक संस्थामा छन्द स्वच्छन्द कविता, गीत, गजल तथा मुक्तक रोचक ढङ्गबाट स्रष्टा स्वयमले वाचन गरे । रचनाहरू देश भक्तिले भरिएका, जनचेतना मूलक तथा समाजिक विकृति बिरुद्ध प्रहार गरिएका थिए ।

सो अवसरमा रचना वाचन गर्ने स्रष्टा क्रमस दुर्गा रिसाल, जगदीश्वर पोखरेल, भुवनहरि सिग्देल, जितु खड्का, सूर्यकुमार पण्डित, सूर्यवदना पण्डित, रमेशप्रसाद गौतम, डा.जीवन अधिकारि, निर्मल पराजुली, जनार्दन अधिकारी धड्कन, यदुनाथ भट्ट,श्रीधर पौडेल, रामशरण खड्का, युवराज काफ्ले, उदास कार्की, डम्बर घिमिरे, आस्था अविचल मणि, सिता प्याकुरेल, चूडा निर्भिक, हेमन्त शिशिर, रामप्रसाद पौडेल, राजेन्द्रप्रसाद ढुङ्गाना, ईश्वरीप्रसाद न्यौपाने, हरि खनाल, भरत गुरुङ, जसध्वज गुरुङ, अमिता भण्डारी तथा सुमन घिमिरे हुनु हुन्थ्यो ।

संस्थाका महासचिव जगदिश्वर पोखरेलले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x