साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मञ्चकै चाहना !

Nepal Telecom ad

के ढाँट्नु यस्तो पनि सत्य बोल्छु
लुकाउने के र रहस्य खोल्छु
हो, चाहना हुन्छ बसूँ म खालि
सभा समारोह जहाँ छ ताली ।।

पछाडि पुग्दा पनि अग्रभाग
पुगे अगाडि अघि नै विभाग
बसूँ सभाका बिच ठाँट साथ
मञ्चस्थ आफ्नो मनभित्र आस ।।

मञ्चस्थको जीवन भाग्यमानी
अगाडि बस्दा सबको सिरानी
छेलिन्न कोही सजिलो बसाइ
माला कतै आसन साथ पाई ।।

चटक्क दौरा सुरुवाल फेरी
टाई र टोपी अनुहार हेरी
सम्मान पाईकन बस्न पाए
आनन्द हुन्थ्यो मन यो रसाए ।।

टिभी समाचार कतै बनाए
वेला कहाँ हेर्दछु बस्न पाए
चाहिन्न केही अघि बस्न देऊ
बसिन्न है दर्शक साथ छेउ ।।

वेला बितोस् छैन कुनै निराशा
चाहिन्न भाडा पनि छैन आशा
बोल्नै परे बोल्दछु बोल्न मात्र
मञ्चस्थ बन्ने मन एक मात्र ।।

सकिन्छ खाजा बरु लोभ छैन
के भोक तिर्खा तन मोह छैन
मुसुक्क हाँस्दै अघि बस्न पाए
चिया चिसो के मन यो रमाए ! ।।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे !

मान्छे !

लेख निरौला
प्लिज सर !

प्लिज सर !

लेख निरौला
मैले हारेँ

मैले हारेँ

लेख निरौला
अरू को छ र !

अरू को छ र...

लेख निरौला
काे दामी काे हरामी ?

काे दामी काे हरामी...

खगेन्द्र नेउपाने
गोरी तिमी सक्कली

गोरी तिमी सक्कली

हेम अधिकारी
म नै हुन्न होला

म नै हुन्न होला

रमेश खकुरेल
कपट पखालेर आऊ

कपट पखालेर आऊ

डा. छायादत्त न्यौपाने ‘बगर’
नेपाललाई लुटे

नेपाललाई लुटे

बालकृष्ण खनाल
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x