साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाबा अनि मुसलन्डे बाबा

Nepal Telecom ad

यता अघोरी बाबा
उता मुसलन्डे बाबा
दुबैका उस्तै लटा
उस्तै दारी उस्तै जटा
दुबैका पाखुरा अर्नाका सिङ जस्ता
तिघ्रा, खम्बा रोटे पिङका जस्ता ।

मान्छेहरू
अघोरी बाबासँग डराउँछन्
सराप देला कि भनी
मान्छेहरू
मुसलन्डे बाबासँग पनि डराउँछन्
बदला लेला कि भनी ।

अघोरीमा भिड छ
ग्रह दशा हटाइ देला कि भनी
मुसलन्डेकोमा पनि भिड छ
समस्या कटाइ देला कि भनी ।

नेताहरू
अघोरिकोमा आउँछन्
मन्त्री बनाइ देला कि भनी
नेताहरू
मुसलन्डेकोमा पनि आउँछन्
चुनाव जिताइ देला कि भनी ।

मान्छेहरू भन्छन्
अघोरीका हातले धेरै मन्त्री भाका छन्
मान्छेहरू भन्छन्
मुसलन्डेको साथले धेरै सभासद भाका छन्
अघोरी र मुसलन्डे बाबा
धेरै समान भए पनि केही फरक छन्
बोल्दा नरम देखिए पनि भित्र दुबै कडक छन् ।

एउटाले चिम्टा झट्काउँछ
अर्कोले पिस्तोल पट्काउँछ
तर दुबैसँग गएपछि
दुबैले मान्छेलाई, ग्राहक बनाई लट्काउँछ ।

दाङ, हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x