साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कपट

Nepal Telecom ad

साँचै
निर्वश्त्र नै थिइन्
तापनि
नाङ्गिएकी थिइन ।

हतारिंदै
छोप्न पुगेका ती हत्केलाहरू
शर्मले उल्टो
झुक्न पुगेका नजरहरू
लागेको थियो
ओजस्वी घुम्टो
तिम्रो पौरखताले ओढाइएको ।

आज
पूर्ण वश्त्रमा छु ।
बहुमूल्य रत्नमा चम्किएकी छु ।
लागिरहेछ,
मेरो नग्नता उदाङ्गिरहेछ ।

थेग्नै सकेन आँसुले,
सायद यसैले
लाज
सहर, बजार हुँदै
गल्ली गल्लीसम्म बगिरहेछ
सन्सनीपूर्ण खबर भइरहेछ ।

हो ती हत्केला, नजरहरू
निडर भै,
चिच्याउँदै भनिरहेछन्
निर्लज्ज कलङ्किनी !

विवश धरती झै मौन
तर जलिरहेछु धेरै
क्रुद्ध भै ।

भन प्रिय !
तिम्रो यो सिन्दुरलाई
के नाम दिऊँ ?
प्रेम या धोका,
या भनुँ
मेरो सौन्दर्यमा अभिषाप ?

हो तिम्रा सबै अङ्गहरूले
देशभक्तको नकावमा
मलाई हैन
मेरो स्वाभिमानलाई भोगिरहेछ ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रङ

रङ

प्रदीपरत्न शाक्य
सुन्दरी

सुन्दरी

प्रदीपरत्न शाक्य
नयाँ सडक

नयाँ सडक

प्रदीपरत्न शाक्य
स्वर्गमा दैत्य

स्वर्गमा दैत्य

प्रदीपरत्न शाक्य
बन्दुकहरू

बन्दुकहरू

प्रदीपरत्न शाक्य
क्रान्ति

क्रान्ति

प्रदीपरत्न शाक्य
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x