चूडा निर्भीकसहमति र भैँचालो उस्तै
के सुन्दैछु म
एउटा नाटकको पटाक्षेप
राष्ट्रिय समाचार
कान छेड्ने सहमति शव्द
अब साकार हुने रे ।
भैँचालोले हल्लाएकै हो त
नेताका टाउकामा भएको गिदी ।
साँच्चै समाचार सत्य हो भने
अब नेपालले
आठ सन्तान जन्माउनेछिन्
कसरी पाल्छिन् खै
चिराचिरा भएको डाँडापखेरा
के अब अन्य चिरामा बाँडिदैछ ।
भैँचालो र सहमति दुवैले
आखिर नेपालीको मानसिकतालाई
भत्काउने नै हो त
भैंचालोले वास ढलायो
सहमतिले गाँस नखोसोस् ।
तर
आश पनि लागेको छ
कतै फूलवारीका अनेक रंगजस्तै
भिन्न फूलका शोभाको महकता
ल्याउँछ भन्ने आशा संगालौं
शायद नयाँ नेपालको दैलो
उघ्रिएर उदाउँदै हो कि नौलो घाम ।
गुल्मी
Subscribe
Login
0 Comments
Oldest








































