साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लोभले सतायो

Nepal Telecom ad

मनको लोभ यो कस्तो त्याग्न गाह्रो भयो अझै
जहिलै फाइदा खोज्छ मन लोभी सधैँसधैँ ।
के हो राहत बुझ्दैन कस्ताले लिनु पर्दछ
मनले जहिलै भन्छ आफू नै हात पार्नु छ ।।

बुझ्दैन अरूको पीडा आफ्नो डाको अझै ठुलो
के गर्दा फाइदा हुन्छ मनको आस नै ठुलो ।
पहिले ज्यानको लोभी धनमा अडियो अब
जसरी नै धनै खोज्छ मन आखिर वैभव ।।

सर्वस्व अरूको गुम्दा सोच्दैन साथ होस् त्यहाँ
आफ्नो सर्वस्वझैँ लाग्छ सामान्य क्षतिमै यहाँ ।
बास आफ्नो त राम्रै होस् कुरा अभावको अझै
सन्तुष्टि मनमा छैन ईर्ष्या जलनको सधैँ ।।

बसेर मन यो भन्छ सेवा त्यो अरूले गरून्
राज्यका खै सिपाही ती तिनकै कानमा परून् ।
सक्नेले किन गर्दैनन् आफू के नै सकिन्छ र !
जाबो त्यति नगर्नेले किन पो बाँच्नुपर्छ र ! ।।

आफू त जनता मात्र सेवा गर्ने त राष्ट्र हो
त्यसले नगरी हुन्छ खट्नु नै राष्ट्रधर्म हो ।
देओस् राहत सम्पत्ति आफ्नो हात परोस् परोस्
सुविधा अरूको भन्दा बढी नै पासमा झरोस् ।।

मन भन्छ यही मौका पछाडि पर्नु हुन्न नै
प्रमाण बलियो पार्दै सुविधा छोड्नु हुन्न नै ।
क्षति दोब्वरको दाबी गर्न पाऊँ लिऊँ पनि
पछाडि अरूको पालो परोस् आफू लिऊँ अनि ।।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मान्छे !

मान्छे !

लेख निरौला
प्लिज सर !

प्लिज सर !

लेख निरौला
मैले हारेँ

मैले हारेँ

लेख निरौला
अरू को छ र !

अरू को छ र...

लेख निरौला
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
तमासा

तमासा

डा. बमबहादुर जिताली
नयाँ वर्ष

नयाँ वर्ष

प्रल्हाद पोखरेल
नयाँ वर्ष र पुराना सपनाहरू

नयाँ वर्ष र पुराना...

प्रमोद स्नेही
0
Would love your thoughts, please comment.x
()
x