साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बर्दीको मान्छे

Nepal Telecom ad

काँडे तारको बारलाई फुत्त नाघेर
जब निस्कन्छ यो फौजी केटो
त्यसपछि–
टक्क रोकिन्छ दौडीरहेको बादल
नुन खाएको कुखुराझै झोक्राउन थाल्छ घाम
बन्दुकको छर्रा लागेको चराझै छटपटाउछ जून
र, तितररबितर हुन्छन आकाशमा गट्टा खेल्दै गरेका ताराहरू

प्रेम गर्न डराउछे आफ्नै प्रेमिका
धक मान्छ बोल्न आफैलाई पढाएको मास्टर
माझी दाईको लगौटी भित्र घुस्स्रेर रोईदिन्छ नदी
हातमा चप्पल लिएर कुलेलाम ठोक्छन् देउराली

आमाको हातबाट खस्छ एक्कासी ढाडु र पन्यो
बा’ले लगाउनै बिर्सनछन् हतारमा जुत्ताको तुना
बैनिको केशमा ओईलाउछ सिउरी रहेको गुराँसको फूल
बेनामी हुन्छन हल्कराको झोलाबाट खामबन्दी चिठ्ठीहरू

स्कुल हिडेका केटा केटीको अलप हुन्छ बाटो
अशुभ संकेतले फरफराउँछ पृथ्वीको देब्रे आँखा
चुडिन्छ एकाएक गाईने दाइले रेटिरहेको सारङगीको तार
पिट्दा पिट्दै उछिट्टिएर आरनबाट
जब छप्काउन थाल्छ खुकुरीले शासकको घाँटी

ठिक यसैबेला,
सिंहदरबारको ओछ्यानबाट ब्यूँझिएको सरकारले–
साताको पाँच छाक मासु
मनसुलीको भात
केही गोटा कुखुराको अण्डा
र,सशर्त हरियो मण्डी ओछ्याई दिएर–
सजाउँछ म्यूजियममा यौटा बर्दीको मान्छेलाई ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म नै हुन्न होला

म नै हुन्न होला

रमेश खकुरेल
कपट पखालेर आऊ

कपट पखालेर आऊ

डा. छायादत्त न्यौपाने ‘बगर’
नेपाललाई लुटे

नेपाललाई लुटे

बालकृष्ण खनाल
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x