साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नर्सहरू

Nepal Telecom ad

‘सिस्टर ! डाक्टरलाई बोलाइदिनुस् न !’

एउटा बिरामीको भनाइ नसकिँदै अर्को बिरामीले भन्यो— ‘सिस्टर ! मैले आलु खान हुन्छ कि हुँदैन ?’
बीचमै अर्कोले भन्यो— ‘सिस्टर ! आजको पत्रिका ल्याइदिनू न !’
उनले जवाफ दिन नपाउँदै अर्को बिरामीले भन्यो— ‘सिस्टर ! मेरो दुखाइ कम भएन, तुरुन्त डाक्टर बोलाइदिनुस् है !’
अर्को बिरामीको अभिभावकले प्रश्न ग¥यो— ‘सिस्टर ! तपाईंको बिहे भएको छ कि छैन ?’
कुनाबाट अर्को जिज्ञासा आयो— ‘सिस्टर ! मैले डिस्चार्ज भएपछि रक्सी खान हुन्छ कि हुँदैन ?’

उनलाई रातभर ड्युटी गर्नुपरेकाले अनिद्रा, भोक र थकानले ग्रस्त बनाएको थियो । चारैतिरबाट चाहिने र नचाहिने प्रश्नको वर्षा भएपछि उनी चिच्याइन् – ‘चुप लाग्नुस् ! मेरा दसवटा मुख छन् र सबैलाई एकैपटक जवाफ दिने ? पालैपालो आफ्नो समस्या भन्नुस् न !’

त्यसपछि बिरामीहरूले आरोप लगाए— ‘नर्सहरू धेरै रिसाउँछन्, धेरै झर्किन्छन्, रुखा हुन्छन् !’

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जाडोको लुगा

जाडोको लुगा

डा.रवीन्द्र समीर
पेशा

पेशा

डा.रवीन्द्र समीर
थाहा छ ?

थाहा छ ?

डा.रवीन्द्र समीर
बास !

बास !

डा.रवीन्द्र समीर
धर्मका रङ्गहरु

धर्मका रङ्गहरु

डा.रवीन्द्र समीर
सीप

सीप

डा.रवीन्द्र समीर
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x