साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भ्रामक सत्य

Nepal Telecom ad

ज्ञानको गरिमा आफ्नो अर्काले जब खोज्दछ
तथ्य प्रमाणका सामु ज्ञानले सत्य रोज्दछ ।
आफू नै सबको ज्ञाता सर्वज्ञ जब लाग्दछ
मिथ्या विश्वासका सामु सत्य नै तब भाग्दछ ।।

अहङ्कार निकै बढ्दा सत्यका लेप नै पनि
मिथ्याकै कोटिमा पर्छन् अन्धविश्वासझैँ अनि ।
अल्पज्ञान हुँदा कैले मिथ्या हुङ्कार बढ्दछ
असत्य मूलको लेप सत्यझैँ भ्रम गढ्दछ ।।

क्षण संसर्गका नौला कैयौँ दृश्य निरन्तर
असत्य सत्यझैँ बन्छन् मिथ्या विश्वास खातिर ।
मूल जरा सुकोस् फेरि फैलियून् अन्य बेसरी
क्षण केही नपुग्दैमा सुक्छ आफैँ सराबरि ।।

हो, केही भ्रमको अन्त्य अन्तसम्मै हुँदैन है
असत्य ज्योतिको तेज मर्मसम्मै छुँदैन है ।
अर्काको गतिलो आस्था आफूमा जब अड्दछ
मिथ्याको लेपले गर्दा सत्य संस्कार सड्दछ ।।

माथि माथि उडे लाग्छ आकाश सत्य बेस हो
ठोसको वस्तुता मानौँ आकासै मात्र शेष हो ।
तर, जीवन यात्रामा जब आकाश मात्र छ
स्वप्न संसार नै फेरि व्यक्ति संस्कार ढाक्दछ ।।

देखिन्न तलको सत्य भेटिन्न माथिको चुरो
अर्काको दृष्टिमा आफ्नो सत्य संभ्रम नै ठुलो ।
संसार रङ्गशालामा व्यक्तिका रूप छन् कति
म आफू भ्रममै बाँच्ने यात्री दुर्बुद्धिझैँ मति ! ।।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे !

मान्छे !

लेख निरौला
प्लिज सर !

प्लिज सर !

लेख निरौला
मैले हारेँ

मैले हारेँ

लेख निरौला
अरू को छ र !

अरू को छ र...

लेख निरौला
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x