साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गमलामा धान !

Nepal Telecom ad

रोपिन्छ के धान कुनै सभामा
यद्वा गलैँचा गमला थलामा
लाएर राम्रा सुट चट्ट दिव्य
रोपिन्छ कस्तो क्षण हुन्छ भव्य ! ।।

नेपाल हो सुन्दर देश त्यस्तो
जतासुकैको कृषि कर्मजस्तो
जहाँ लगाए पनि फल्छ धान
बाटो रहोस् या गमला विधान ।।

रोप्ने न हो कर्म जहाँ सकिन्छ
रोपौँ सबैले सुखले भनिन्छ
हिलो नहोस् गद्गद भासिइन्छ
असाध्य राम्रो गमला भनिन्छ ।।

पुर्खाहरूमा यदि यो सुनौलो
मौका भए देश उदात्त नौलो
पक्कै हुनेथ्यो तर जे रहोस् नै
विकास हाम्रो गमला छ आफ्नै ।।

रोपौँ सबैले अब अन्न मात्र
जहाँसुकै होस् कृषि धान्य मात्र
आषाढ हो पन्ध्र सबै मिलेर
भत्काउँदै मार्ग विकास धेर ।।

सबै सबैका घरद्वारभित्र
राखेर रोपौँ गमला सचित्र
भविष्य राम्रो कृषिमै रहन्छ
तुरुक्क पानी गमला बहन्छ ।।

विकास गर्ने यही मार्ग नौलो
रोपेर सारा घरबास नोलो
पक्कै नयाँ पद्धतिको प्रयास
खोपीहरूमा पनि होस् विकास ।।

काठमाडौ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे !

मान्छे !

लेख निरौला
प्लिज सर !

प्लिज सर !

लेख निरौला
मैले हारेँ

मैले हारेँ

लेख निरौला
अरू को छ र !

अरू को छ र...

लेख निरौला
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x