प्रेम ओली ढकलपुरेमान्छेलाई डर
गल्लीको चोकमा सधैं फोहर देखेपछि
एक दिन यहाँ फोहर फाल्न
सशक्त मनाही छ सूचना लेखे
भोलि बिहान् झन ठुलो फोहरको डङ्गुर देखे ।
फेरि फोहर फाले हजार जरिवाना लेखियो
तर बिहान फेरि उस्तै फोहर देखियो
त्यसपछि छरचिमेकलाई डाके
के गर्न सकिन्छ सरसल्लाह मागे
जसरी हुन्छ फोहर रोक्ने कुरो भो
दश हजार जरिवाना ठोक्ने कुरो भो
नयाँ सूचना फेरि राखियो
तर के गर्ने
बिहान फेरि उस्तै फोहरले दागियो ।
यो मान्छेलाई कसरी तह लगाउने
यसो दिमागमा सोच्न थाले
अनेक प्रश्नले मनलाइ घोच्न थाले
बल्ल बल्ल एउटा कुरा फुर्यो
भगवानको फोटो राख्ने कुरो जुर्यो
भित्तैभरी भगवानका फोटोहरू टाँसियो
भोलिदेखी त फोहर छैन !
फोहर फाल्ने ती मान्छेको अनुहार हेरी हाँसियो ।
दाङ, हाल, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest





































