सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

फोकटिया धाकमाथि फोस्रो अभिमान !

Nepal Telecom ad

हाम्रो देशमा विश्वको अग्लो हिमाल छ
यसमा हामी नेपालीको ठूलो धाक छ
त्यो हिमाल अग्लो हुनुमा नेपालीको के योगदान छ ?
फाेकटिया धाकमाथि फोस्रो अभिमान छ

हाम्रो देशमा बुद्ध जन्मिए
नेपालीले यसमा ठूलो गर्व गरे
बुद्ध नेपालमा जन्मनुमा नेपालीको के योगदान छ ?
फाेकटिया धाकमाथि फोस्रो अभिमान छ

हाम्रो देश प्राकृतिक सुन्दरताले भरिएको छ
यसमै ठूलो धाक लगाउने गरिएको छ
देशको प्रकृति सुन्दर हुनुमा नेपालीको के योगदान छ ?
फाेकटिया धाकमाथि फोस्रो अभिमान छ

जलश्रोतमा विश्वकै धनी देश हाम्रै हो
पानि पिउँदा हैजा नलागे र पानी आउने धारा भइदिए त्यो पनि राम्रै हो
देशमा खोलानाला हुनु र बर्षामा पानी पर्नुमा नेपालीको के योगदान छ ?
फाेकटिया धाकमाथि फोस्रो अभिमान छ

हाम्रा पुर्खाले विश्व युद्धमा अर्काको शत्रु अर्काको देशमा गएर मारे
बाहादुरीमा नाम कमाए तक्मा हात पारे
उनीहरूको त्यो बहादुरीमा हामीहरूको के योगदान छ ?
फाेकटिया धाकमाथि फोस्रो अभिमान छ

मानव इतिहासकै पुरानो पूर्विय सभ्यता हाम्रो हो
पश्चिमी सभ्यताभन्दा हाम्रो पूर्विय सभ्यता राम्रो हो
त्यो सभ्यतालाई यो असभ्यतामा पुर्याउन हाम्रो के योगदान छ ?
फाेकटिया धाकमाथि फोस्रो अभिमान छ

काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
यस्तो पो उपद्रो !

यस्तो पो उपद्रो !

चट्याङ मास्टर
भट्टी जाने हो

भट्टी जाने हो

चट्याङ मास्टर
एड्भान्स झ्यालखान

एड्भान्स झ्यालखान

चट्याङ मास्टर
भ्रष्टेश्वर शरणम्

भ्रष्टेश्वर शरणम्

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
भट्टी जाने हो

भट्टी जाने हो

चट्याङ मास्टर
अल्छी जाडाे

अल्छी जाडाे

खगेन्द्र नेउपाने
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर