साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फोकटिया धाकमाथि फोस्रो अभिमान !

Nepal Telecom ad

हाम्रो देशमा विश्वको अग्लो हिमाल छ
यसमा हामी नेपालीको ठूलो धाक छ
त्यो हिमाल अग्लो हुनुमा नेपालीको के योगदान छ ?
फाेकटिया धाकमाथि फोस्रो अभिमान छ

हाम्रो देशमा बुद्ध जन्मिए
नेपालीले यसमा ठूलो गर्व गरे
बुद्ध नेपालमा जन्मनुमा नेपालीको के योगदान छ ?
फाेकटिया धाकमाथि फोस्रो अभिमान छ

हाम्रो देश प्राकृतिक सुन्दरताले भरिएको छ
यसमै ठूलो धाक लगाउने गरिएको छ
देशको प्रकृति सुन्दर हुनुमा नेपालीको के योगदान छ ?
फाेकटिया धाकमाथि फोस्रो अभिमान छ

जलश्रोतमा विश्वकै धनी देश हाम्रै हो
पानि पिउँदा हैजा नलागे र पानी आउने धारा भइदिए त्यो पनि राम्रै हो
देशमा खोलानाला हुनु र बर्षामा पानी पर्नुमा नेपालीको के योगदान छ ?
फाेकटिया धाकमाथि फोस्रो अभिमान छ

हाम्रा पुर्खाले विश्व युद्धमा अर्काको शत्रु अर्काको देशमा गएर मारे
बाहादुरीमा नाम कमाए तक्मा हात पारे
उनीहरूको त्यो बहादुरीमा हामीहरूको के योगदान छ ?
फाेकटिया धाकमाथि फोस्रो अभिमान छ

मानव इतिहासकै पुरानो पूर्विय सभ्यता हाम्रो हो
पश्चिमी सभ्यताभन्दा हाम्रो पूर्विय सभ्यता राम्रो हो
त्यो सभ्यतालाई यो असभ्यतामा पुर्याउन हाम्रो के योगदान छ ?
फाेकटिया धाकमाथि फोस्रो अभिमान छ

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
0
Would love your thoughts, please comment.x
()
x