सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

डेब्रे डायरी गीत

Nepal Telecom ad

प्लानिङ गरी जग्गा मासौं रूख सबै काटौं
आफ्नोपन बुझाएर दालभात साटौं ।
भातसँग साग पनि मोदीसँगै मागौं
सिमेण्टको वन रोप्न रेमिट्यान्स जागौं ।

भाषणले बन्छ देश सधैं चर्को बोलौं
नाङ्गो हुनु अधिकार भएजति खोलौं ।
चलिरहूँ इशारा मैं झर्छ धेरै दाम
सरकार बनाउने गिराउने काम ।

किन चाहियो उद्योगधन्दा हिजै बेची खाको
नङ्ग्याउँदा देशलाई कति मजा आको ।
चेतनाले नजगाए यसै गरी चल्छ ।
गमलामा रोपौं धान छेलोखेलो फल्छ ।

७३ असार १९

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
हाँसो र हाँसो दिवस !

हाँसो र हाँसो दिवस...

हाेमनाथ घिमिरे
जो भेटे पनि यी झम्टिन्छन्

जो भेटे पनि यी...

रमेश खकुरेल
नाइटो महात्म्य

नाइटो महात्म्य

तिलकराज शर्मा पाैडेल
धन महिमा

धन महिमा

सुशील रिजाल