साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुकुरहरू

Nepal Telecom ad

कुकुरहरू
कुकुर जस्तै हुन्छन्
मान्छे भन्दा फरक भिन्नै स्वरुपका ।
हिमाल, पहाड,तराई, उपत्यका
जताततै भेटिन्छन् कुकुरहरू
रङ कालो सेतो रातो जस्तो सुकै होस्
आकार अग्लो होचो मोटो ख्याउटे जस्तो होस्
विचारको कद एउटै हुन्छ तिनको
बिमर्शको दायरा उस्तै साँघुरो र सांघातिक हुन्छ तिनको
फकाएर घुर्क्याएर धम्क्याएर जसरी होस्
खानु तिनको जीवनकै पहिलो र अन्तिम सपना हो
अर्थात खानकै लागि बाँचेका हुन् यावत् कुकुरहरू ।
भोकको झोंकमा कहिलेकाहीँ
आफ्नै मायालु माली खाइदिन्छन् कुकुरहरू ।
अनौठो कुरा
स्वार्थको चुली जित्नु छ भने
जन्मजात दुश्मन भनिएका
कालो बिरालोसंग पनि मिलिदिन्छन् कुकुरहरू ।
कहिलेकाहीँ
सुरक्षाका नाममा ख्याङ ख्याङ भुकेर
सम्पूर्ण क्लाइमेक्सहरू भत्काउँछन् कुकुरहरू।
कुकुरहरू खान पाए
खुशी भै हाल्छन्
ओछ्यान रछ्यान रहल पहल झुठो
यस्तै यस्तै ।
इमानदारको अलिकति इमान खोस्न सके
अरुको भागको एक टुक्रा सिनो खोस्न सके
कुकुरहरू दिपावली मनाइहाल्छन् ।
भर्खरै
एउटा हड्डी थपिएको दिन
कुकुरहरूले खुब भोज खाएछन् ।

मोरङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
घर

घर

तारा पराजुली
बुबा र ईश्वर

बुबा र ईश्वर

तारा पराजुली
हिउँदको गीत

हिउँदको गीत

तारा पराजुली
गोही बनी सुन्दर 

गोही बनी सुन्दर 

डा. बमबहादुर जिताली
आफन्त र मित्रहरू

आफन्त र मित्रहरू

हरि कोर्काली
म बुढो भएकै हो

म बुढो भएकै हो

मीनप्रसाद लामिछाने
शक्ति र सिध्दान्त

शक्ति र सिध्दान्त

डा. विदुर चालिसे
स्वाभिमान

स्वाभिमान

डा. श्यामप्रसाद न्यौपाने
0
Would love your thoughts, please comment.x
()
x