साइबर अपराध सम्बन्धी सचेतना सामग्री

क्यामोमाइल फुलेपछि

सुनेको हुँ- माकुरालेआफ्नै सन्तानबाट आफूलाई जोगाउनुपर्छ प्रेम गर्ने बाहनामा किनारले आफैँले सुरक्षा दिएको धारसँग हर्दम रेटिंनुपर्छ खिइनुपर्छ ।

Nepal Telecom ad

तारा पराजुली :

प्रिय क्यामोमाइल !
तिम्रो प्रेमको सुवास
जब हावामा सरोवरी सवार थाहा पाएँ
तिमीलाई हेर्न
हतार हतार तिम्रो शहर पसेँ ।
एउटा भव्य उत्सव जस्तो
जब तिम्रो फूलबारी पुगेँ
मैले सुनेभन्दा सुन्दर तिम्रो रुप
दुनियाँले बयान गरेभन्दा भिन्न
तिम्रो वास्नामय ओझ
र मैले कल्पना गरेभन्दा अझ सुन्दर
कद मिलेको तिम्रो बैँस
सत्य तिमीछेउ पुगेपछि
तिम्रो वर्णन गर्ने शब्द नै मौन रहे
उमङ्गले छोपिएर।
भर्खरै जग्गेमा राखिएकी घरानीय बेहुली झैँ
तिमी सिम्फोनी चित्रहरुमा सजियौँ थुँगाथुँगा
तिमी निरन्तर अभिनयको इन्द्रेणी फ्रेममा
तिमी सौन्दर्यको अग्लो उचाईमा
नयाँ पुस्ता
जवान पुस्ता
र मिश्रित पुस्ता
यसरी झुमेको देखेँ तिमी सौन्दर्यमाथि
जस्तो कि मौरी झुम्मिन्छ रसमा
जस्तोकि भमरा झुम्मिन्छ फूलमा
हरेकको रहरको केन्द्र बन्यौ
साविककै छायाँ चित्र
आधुनिक टिकटकहरुमा
थुप्रै अखवारका पृष्ठहरुको हेडलाईन बन्यौ
अनेक मनोरमहरुमा
तिम्रो बगैँचामा म हराएको
तिमी फूलको पत्रपत्रमा
मैले जीवनको सार खोजे
तिमी चुपचाप मुस्कुराइरह्यौ।
सुनेको हुँ तिमी संजिवनी हौ
दुखाइहरुको भरर्पर्दो औषधी हौ उपचार हौ
हजारौं दीर्घ दुखाइ र जलनहरु
निस्तेज हुन्छन् तिम्रो उपस्थितिमा।
तिम्रो व्यक्तिगत खातामा सुरक्षित होलान्
प्रेमले छाडिगएका मायालु दस्तखतहरु
माया सुम्सुम्याएर तिमीलाई
हजारौंले स्पर्श गरेर गए
एउटा उत्सुकता
खाली मनोवैज्ञानभरि भरेर गए।
सुनेको हुँ-
माकुरालेआफ्नै सन्तानबाट
आफूलाई जोगाउनुपर्छ
प्रेम गर्ने बाहनामा
किनारले आफैँले सुरक्षा दिएको धारसँग
हर्दम रेटिंनुपर्छ खिइनुपर्छ
त्यो पनि सुनेको हुँ
मन्दिरमा चड्ने निहुँमा
फूलले आफैँलाई हुर्काउने मालीसँग चुँडिनुपर्छ
तिमी जडी औषधी हौ रोगहरुको
चुंडिनु हुन्नं कोपिलामै।
प्रिय क्यामोमाइल !
तिमीले पनि आफैलाई प्रेम गर्नेहरुसँग
खुब होशियार भएर जोगिनुपर्छ।
प्रिय क्यामोमाइल
तिमी जडी औषधी रोगहरुको
तिमी बुटी हौ दुखाइहरुको
फेरि आउँदा
यी केही विवेकहीन मान्छेहरुको
गुमेको विवेकको औषधी बनेर
आउनू है !

०००
बेलबारी, मोरङ।

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Rajendra Prasad Adhikari
Rajendra Prasad Adhikari
1 year ago

फेरि आउँदा
यी केही विवेकहीन मान्छेहरुको
गुमेको विवेकको औषधी बनेर
आउनू है !” राम्रो कविता।

Nepal Telecom ad
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
घर

घर

तारा पराजुली
बुबा र ईश्वर

बुबा र ईश्वर

तारा पराजुली
हिउँदको गीत

हिउँदको गीत

तारा पराजुली
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
1
0
Would love your thoughts, please comment.x
()
x