साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नयाँ राष्ट्रिय खेलको प्रस्ताव

यदि हामी बेरोजगारीसँग लड्न चाहन्छौं, यदि हामी ओलम्पिकमा र सार्क खेलमा मेडल नै मेडल जित्न चाहन्छौं भने हाम्रो रगतमा भएको महान् खेल तासलाई राष्ट्रिय खेल बनाऔं ।

Nepal Telecom ad

मुन पाैडेल :

नेपालीहरूलाई खेलकुद खूब मन पर्छ। नयाँ विदेशी ट्रयाकसुट र महँगो बुट लाउन पाए आए पनि नआए पनि जस्ता खेल पनि खेलिदिन्छन् । ऊन् विदेशमा गएर डलरको डाइट खाएर खेल्न पाए त टेबुलटेनिस खेल्नेले फुटबल पनि खेलिदिन्छन् । एयरपोर्टमा यी बहादुरहरूको टिमलाई माला लगाएर युद्धक्षेत्रमा पठाइन्छ जहाँबाट यिनीहरू बडेबडे मेडल होइन, टी. भी., डेकजस्ता आनन्दका साधनहरू लिएर आउँछन् । यिनीहरू कहिल्यै जित्दैनन् भने कहिल्यै हार्दा पनि हार्दैनन् । पचास जना दगुरेका छन् भने हाम्रो खेलाडी पचासौं स्थानमा अवश्य पनि विजयी हुन्छ । तर उनीहरूको एउटा गुनासो पनि छ । उनीहरूलाई राष्ट्रिय खेल उपयुक्त भएन रे।

कबड्डीलाई उनीहरू राष्ट्रिय खेलबाट हटाउन चाहन्छन् । हुन पनि यो खेललाई कसले राष्ट्रिय खेल बनाइदिएको हो कुन्नि । मदेसमा त लौ चउरहरू हुन्छन्, कबड्डीको अभ्यास गर्न सकिन्छ । पहाडमा ? दुइटा भिन्दाभिन्दै डाँडामा बसेर बीचको खोलालाई सिमाना मानेर कबड्डी खेल्ने ? त्यसैले होला हाम्रा खेलाडीहरू यो तिघ्रा टठाउने खेलमा पनि सधैँ तेस्रो हुने गरेका । चौथो पनि भइदिन्थे होलान् तर प्रायः तीनओटा टिम भारत, बङ्गलादेश र नेपालको बीच मात्र म्याच हुन्छ । हुन पनि जुन खेल खेल्न यिनीहरूलाई राम्रो अनुभव छैन, त्यसमा कसरी जितून् ? फेन्सिडिल घुट्क्याउने, स्म्याक सुर्किने, चुरोट चुस्ने, गाँजा तान्ने, गर्दभ स्वरमा पप गाउने खेलमा भाग लिन पाए पो यिनीहरूले देखाउँथे आफ्नो बहादुरी ।

प्रजातन्त्र आएपछि कतिका चीजहरू बदलिसके । राष्ट्रिय गान र राष्ट्रिय खेल भने यथावत् छन् । हाललाई राष्ट्रिय खेलचाहिँ बदलिने समय आइसकेको छ । चाँडै नै सार्क गेम्स हुँदै छ त्यसपछि ओलम्पिक हुन्छ । तर यही चाला हो भने हाम्रा खेलाडीहरू सबै खेलमा अन्तिमबाट प्रथम हुने प्रचुर सम्भावना छ । हामीले पनि जित्ने कोसिस गर्ने हो भने तत्काल कवड्डीलाई गलहत्त्याएर हाम्रो माटो, पानी, गाउँ, सहर-घरमा हुर्केको, हामी सबैले खेलेको, जानेको तासलाई राष्ट्रिय खेल घोषित गरी अन्तर्राष्ट्रिय स्तरमा यो खेललाई मान्यता दिने जोडदार माग गर्नुपर्छ ।

तास सर्वव्यापी चीज हो। सबैको घरमा, खन्तीमा, तखतामा, ब्रिफकेसमा राखिएको फिँजिएको वस्तु हो यो। यसका बाष्ठन्न चक्कीबाट चौवन्न खेल खेल्न सकिन्छ । र सबैभन्दा ठूलो कुरा हो यसको सरलता । भर्खर जन्मेको बच्चाको अगाडि लगेर तास तेर्साइदियो भने ऊ पनि तुरुन्तै खेल्न थाल्छ । अभिमन्युजस्तो प्रत्येक वच्चाले तास खेल्न पेटमै सिकिसकेको हुन्छ । तास उसको रगतमा मिसिइसकेको हुन्छ ।

पहाडतिर जानुभयो भने अद्भुत दृश्य देख्न पाउनुहुनेछ । घरका आइमाईहरू, गृहिणीहरू कम्मरमा फरिया कसेर घर, खेत, गोठ, पनेरो, गरिरहेका हुन्छन्, पसिना चुहाइरहेका हुन्छन् । लोग्नेहरू, पुरुषहरूचाहिँ चौतारीमा बसेर चुरोट र सुल्फा तान्दै तिघ्रा ठटाउँदै तास खेलिरहेका हुन्छन् । दीनदुनियाँलाई बिर्सेर तासको गुलाम भएर बसेका हुन्छन् । सहरतिर पनि यस्तै चाला छ । कर्मचारी, व्यापारी, नेता कार्यकर्ता सबैले आफ्नो बचेको समयलाई तासमै सदुपयोग गरिरहेका हुन्छन् । कसैलाई पनि तासको क, ख, ग सिकाउनु पर्दैन । सोरै छानेर ट्रयाकसुट र बुट लगाइदिई खल्तीमा डलर कोचेर ओलम्पिकमा पठाइदिने हो भने मेडल नै मेडल आउँछ । तासको खेलमा एकातिर हामीसँग तयार र जहाँ र जस्तोसुकै रा पनि खेल्न आतुर तासशक्ति छ, जनशक्ति छ भने साना केटाकेटीहरू

-काकाको पछि लागेर यो खेलमा पारङ्गत हुँदै गइरहेका छन् । यो काउन, अभ्यास गराउन सरकारको एक कौडी पनि खर्च हुँदैन । टी यिनीहरूलाई विदेशतिर क्यासिनोहरूमा जागिर खान पठाउन पाए विदेशी मुद्राको पनि त्यतिकै फाइदा हुन्छ ।

हाम्रो जस्तो गरिब मलकको लागि तास साहै सस्तो र सजिलो खेत हो । सबभन्दा पहिले राम्रोभन्दा राम्रो गडी किन्नपयो भने पनि पचास- सय रुपियाँमा सजिलै पाइन्छ । यो खेलको लागि न कोर्टको झन्झट छ न फिल्डको । न अम्पायर चाहिन्छ न रेफ्री । जहाँ मन लाग्यो त्यही चार जना मिलेर बसिदियो, जमाइदियो तास । घरमा पनि नियमित रूपमा नबिराई देउताको पूजा गरेको जस्तो घरकै परिवार मिलेर यो खेल खेल्न सकिन्छ । छोराछोरीलाई बेलैमा सिकाइराख्यो भने क्यै गर्न नसके जूवै खेलेर पनि ठूलो मान्छे वन्न सकिन्छ ।

अवधि नपुगेकाहरूको जागिररूपी माड खोसेर, जागिर खान तम्तयार भएर वसेका युवाहरूलाई जागिर नदिएर जुन बेकार मान्छेहरूको भीड अहिले मुलुकमा लागेको छ तिनीहरूलाई तर लाउन पनि तासलाई राष्ट्रिय खेल घोषित गरेर यसलाई उद्योगको रूप दिनु जरुरी छ । त्यति गरिदिएको खण्डमा सबैले काम पाउँथे, माम पाउँथे । बेरोजगारी पनि हट्ट्यो । सबैले आआफ्नो घरमा तासको फराँसको, पप्लुको खाल खोल्थे, कलब्रेक र फलाँसमा भिड्थे । टोल र चोकहरूमा ससाना जूवाघरहरू खोल्थे । मुलुक नै तासको घर बन्थ्यो ।

सरकारलाई पनि गाउँगाउँमा यो खेललाई फस्टाउन खास खर्च गर्नु पर्दैनथ्यो । सय-सय गड्डी सबै गाउँ विकास समितिलाई भनेर जिल्ला विकास समितिमा पठाइदिए राहतको चामलको बोराजस्तो आआफ्नो कमिसन असुल गर्दै गाउँमा पच्चीस गड्डीजति त पुगिहाल्थ्यो । त्यतिले पनि पुगिहाल्थ्यो । शिक्षा मन्त्रालयले प्रत्येक विद्यालयमा यसको प्रतियोगिता गराइदिए विद्यार्थीहरूले बढावा पाउँथे । कति क्लाससम्मका विद्यार्थीहरूलाई भर्ना हुनेबित्तिकै एक गड्डी तास दिने व्यवस्था भए झन् सुनमाथि सुगन्ध हुन्थ्यो ।

यदि हामी बेरोजगारीसँग लड्न चाहन्छौं, यदि हामी ओलम्पिकमा र सार्क खेलमा मेडल नै मेडल जित्न चाहन्छौं भने हाम्रो रगतमा भएको महान् खेल तासलाई राष्ट्रिय खेल बनाऔं । यो कबड्डीले हामीलाई खेलकुदमा उँभो लाग्न दिँदैन । जान्दै नजानेको खेललाई राष्ट्रिय खेल बनाएर हुन्छ ? हामीलाई त हाम्रो प्रिय फलाँस, पप्लु, म्यारिज, कलब्रेक, किट्टीलाई राष्ट्रिय खेल घोषित गर्नुपर्छ ।

०००
कान्तिपुर (२०५१)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
‘एक कान दुइ कान मैदान’ = भाइरल

‘एक कान दुइ कान...

कृष्ण प्रधान
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
सिको

सिको

दिप मंग्राती
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
0
Would love your thoughts, please comment.x
()
x