साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नयाँ राष्ट्रिय खेलको प्रस्ताव

यदि हामी बेरोजगारीसँग लड्न चाहन्छौं, यदि हामी ओलम्पिकमा र सार्क खेलमा मेडल नै मेडल जित्न चाहन्छौं भने हाम्रो रगतमा भएको महान् खेल तासलाई राष्ट्रिय खेल बनाऔं ।

Nepal Telecom ad

मुन पाैडेल :

नेपालीहरूलाई खेलकुद खूब मन पर्छ। नयाँ विदेशी ट्रयाकसुट र महँगो बुट लाउन पाए आए पनि नआए पनि जस्ता खेल पनि खेलिदिन्छन् । ऊन् विदेशमा गएर डलरको डाइट खाएर खेल्न पाए त टेबुलटेनिस खेल्नेले फुटबल पनि खेलिदिन्छन् । एयरपोर्टमा यी बहादुरहरूको टिमलाई माला लगाएर युद्धक्षेत्रमा पठाइन्छ जहाँबाट यिनीहरू बडेबडे मेडल होइन, टी. भी., डेकजस्ता आनन्दका साधनहरू लिएर आउँछन् । यिनीहरू कहिल्यै जित्दैनन् भने कहिल्यै हार्दा पनि हार्दैनन् । पचास जना दगुरेका छन् भने हाम्रो खेलाडी पचासौं स्थानमा अवश्य पनि विजयी हुन्छ । तर उनीहरूको एउटा गुनासो पनि छ । उनीहरूलाई राष्ट्रिय खेल उपयुक्त भएन रे।

कबड्डीलाई उनीहरू राष्ट्रिय खेलबाट हटाउन चाहन्छन् । हुन पनि यो खेललाई कसले राष्ट्रिय खेल बनाइदिएको हो कुन्नि । मदेसमा त लौ चउरहरू हुन्छन्, कबड्डीको अभ्यास गर्न सकिन्छ । पहाडमा ? दुइटा भिन्दाभिन्दै डाँडामा बसेर बीचको खोलालाई सिमाना मानेर कबड्डी खेल्ने ? त्यसैले होला हाम्रा खेलाडीहरू यो तिघ्रा टठाउने खेलमा पनि सधैँ तेस्रो हुने गरेका । चौथो पनि भइदिन्थे होलान् तर प्रायः तीनओटा टिम भारत, बङ्गलादेश र नेपालको बीच मात्र म्याच हुन्छ । हुन पनि जुन खेल खेल्न यिनीहरूलाई राम्रो अनुभव छैन, त्यसमा कसरी जितून् ? फेन्सिडिल घुट्क्याउने, स्म्याक सुर्किने, चुरोट चुस्ने, गाँजा तान्ने, गर्दभ स्वरमा पप गाउने खेलमा भाग लिन पाए पो यिनीहरूले देखाउँथे आफ्नो बहादुरी ।

प्रजातन्त्र आएपछि कतिका चीजहरू बदलिसके । राष्ट्रिय गान र राष्ट्रिय खेल भने यथावत् छन् । हाललाई राष्ट्रिय खेलचाहिँ बदलिने समय आइसकेको छ । चाँडै नै सार्क गेम्स हुँदै छ त्यसपछि ओलम्पिक हुन्छ । तर यही चाला हो भने हाम्रा खेलाडीहरू सबै खेलमा अन्तिमबाट प्रथम हुने प्रचुर सम्भावना छ । हामीले पनि जित्ने कोसिस गर्ने हो भने तत्काल कवड्डीलाई गलहत्त्याएर हाम्रो माटो, पानी, गाउँ, सहर-घरमा हुर्केको, हामी सबैले खेलेको, जानेको तासलाई राष्ट्रिय खेल घोषित गरी अन्तर्राष्ट्रिय स्तरमा यो खेललाई मान्यता दिने जोडदार माग गर्नुपर्छ ।

तास सर्वव्यापी चीज हो। सबैको घरमा, खन्तीमा, तखतामा, ब्रिफकेसमा राखिएको फिँजिएको वस्तु हो यो। यसका बाष्ठन्न चक्कीबाट चौवन्न खेल खेल्न सकिन्छ । र सबैभन्दा ठूलो कुरा हो यसको सरलता । भर्खर जन्मेको बच्चाको अगाडि लगेर तास तेर्साइदियो भने ऊ पनि तुरुन्तै खेल्न थाल्छ । अभिमन्युजस्तो प्रत्येक वच्चाले तास खेल्न पेटमै सिकिसकेको हुन्छ । तास उसको रगतमा मिसिइसकेको हुन्छ ।

पहाडतिर जानुभयो भने अद्भुत दृश्य देख्न पाउनुहुनेछ । घरका आइमाईहरू, गृहिणीहरू कम्मरमा फरिया कसेर घर, खेत, गोठ, पनेरो, गरिरहेका हुन्छन्, पसिना चुहाइरहेका हुन्छन् । लोग्नेहरू, पुरुषहरूचाहिँ चौतारीमा बसेर चुरोट र सुल्फा तान्दै तिघ्रा ठटाउँदै तास खेलिरहेका हुन्छन् । दीनदुनियाँलाई बिर्सेर तासको गुलाम भएर बसेका हुन्छन् । सहरतिर पनि यस्तै चाला छ । कर्मचारी, व्यापारी, नेता कार्यकर्ता सबैले आफ्नो बचेको समयलाई तासमै सदुपयोग गरिरहेका हुन्छन् । कसैलाई पनि तासको क, ख, ग सिकाउनु पर्दैन । सोरै छानेर ट्रयाकसुट र बुट लगाइदिई खल्तीमा डलर कोचेर ओलम्पिकमा पठाइदिने हो भने मेडल नै मेडल आउँछ । तासको खेलमा एकातिर हामीसँग तयार र जहाँ र जस्तोसुकै रा पनि खेल्न आतुर तासशक्ति छ, जनशक्ति छ भने साना केटाकेटीहरू

-काकाको पछि लागेर यो खेलमा पारङ्गत हुँदै गइरहेका छन् । यो काउन, अभ्यास गराउन सरकारको एक कौडी पनि खर्च हुँदैन । टी यिनीहरूलाई विदेशतिर क्यासिनोहरूमा जागिर खान पठाउन पाए विदेशी मुद्राको पनि त्यतिकै फाइदा हुन्छ ।

हाम्रो जस्तो गरिब मलकको लागि तास साहै सस्तो र सजिलो खेत हो । सबभन्दा पहिले राम्रोभन्दा राम्रो गडी किन्नपयो भने पनि पचास- सय रुपियाँमा सजिलै पाइन्छ । यो खेलको लागि न कोर्टको झन्झट छ न फिल्डको । न अम्पायर चाहिन्छ न रेफ्री । जहाँ मन लाग्यो त्यही चार जना मिलेर बसिदियो, जमाइदियो तास । घरमा पनि नियमित रूपमा नबिराई देउताको पूजा गरेको जस्तो घरकै परिवार मिलेर यो खेल खेल्न सकिन्छ । छोराछोरीलाई बेलैमा सिकाइराख्यो भने क्यै गर्न नसके जूवै खेलेर पनि ठूलो मान्छे वन्न सकिन्छ ।

अवधि नपुगेकाहरूको जागिररूपी माड खोसेर, जागिर खान तम्तयार भएर वसेका युवाहरूलाई जागिर नदिएर जुन बेकार मान्छेहरूको भीड अहिले मुलुकमा लागेको छ तिनीहरूलाई तर लाउन पनि तासलाई राष्ट्रिय खेल घोषित गरेर यसलाई उद्योगको रूप दिनु जरुरी छ । त्यति गरिदिएको खण्डमा सबैले काम पाउँथे, माम पाउँथे । बेरोजगारी पनि हट्ट्यो । सबैले आआफ्नो घरमा तासको फराँसको, पप्लुको खाल खोल्थे, कलब्रेक र फलाँसमा भिड्थे । टोल र चोकहरूमा ससाना जूवाघरहरू खोल्थे । मुलुक नै तासको घर बन्थ्यो ।

सरकारलाई पनि गाउँगाउँमा यो खेललाई फस्टाउन खास खर्च गर्नु पर्दैनथ्यो । सय-सय गड्डी सबै गाउँ विकास समितिलाई भनेर जिल्ला विकास समितिमा पठाइदिए राहतको चामलको बोराजस्तो आआफ्नो कमिसन असुल गर्दै गाउँमा पच्चीस गड्डीजति त पुगिहाल्थ्यो । त्यतिले पनि पुगिहाल्थ्यो । शिक्षा मन्त्रालयले प्रत्येक विद्यालयमा यसको प्रतियोगिता गराइदिए विद्यार्थीहरूले बढावा पाउँथे । कति क्लाससम्मका विद्यार्थीहरूलाई भर्ना हुनेबित्तिकै एक गड्डी तास दिने व्यवस्था भए झन् सुनमाथि सुगन्ध हुन्थ्यो ।

यदि हामी बेरोजगारीसँग लड्न चाहन्छौं, यदि हामी ओलम्पिकमा र सार्क खेलमा मेडल नै मेडल जित्न चाहन्छौं भने हाम्रो रगतमा भएको महान् खेल तासलाई राष्ट्रिय खेल बनाऔं । यो कबड्डीले हामीलाई खेलकुदमा उँभो लाग्न दिँदैन । जान्दै नजानेको खेललाई राष्ट्रिय खेल बनाएर हुन्छ ? हामीलाई त हाम्रो प्रिय फलाँस, पप्लु, म्यारिज, कलब्रेक, किट्टीलाई राष्ट्रिय खेल घोषित गर्नुपर्छ ।

०००
कान्तिपुर (२०५१)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उल्टो बाटो

उल्टो बाटो

रामप्रसाद अर्याल ‘अविराम’
श्रीझोले महापुराण

श्रीझोले महापुराण

डा. गाेपाल पाैड्याल ‘मण्डने’
फँणा फिजाए नि तँ मेरै आहारा होस्

फँणा फिजाए नि तँ...

सुरेशकुमार भट्ट
रैथाने व्यापारको करामत !

रैथाने व्यापारको करामत !

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x