साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हिउँदको गीत

न्यायको अँगेना वरिपरी धर्ना दिइरहेछौँ हामी, तर कहिल्यै साटिेएन सपनाको रङ्ग । वर्षौपछि यस्तो लाग्न थालेको छ यसरी न्यायको आगो ताप्ने निहुँमा दाउरा थप्दै छौँ कि, आफ्नै अनाम आयु थप्दै छौँ हामी ?

Nepal Telecom ad

हावाका भित्ताहरूमा
चिसो विज्ञापन टाँसेर
भर्खरै गएको छ एउटा बालक ।

यसबेला ओसिएको छ जीवनको किताब
डायरीमा शीर्षक मात्र टिपेर
थन्क्याएको छ कविले कविता
घुम ओढेर बसेका असारका खेतालाजस्तै
हिउँ र तुसारोको घरभित्र छन् लेकमा गुराँसहरू
अटेरी भएर बसेको छ मधेसमा हुस्सु
लोसे पाराले आउँछ आउँदा
र बिस्तारै सुम्सुम्याउँदै
शरीरभरि टेकेर जान्छ
भुईँ कुहिरोले मलाई ।

निदाउरो छ दिन
चिर निन्द्राबाट जुरुक्क उठेको छ जाडो
गह्रुङ्गा छन् फूलका पत्रहरू
निश्चित अवधिका लागि
बसाइँ सर्दै छन् हिमाली घामहरू
पुरानो कन्तुर खोलेर झिक्दैछिन् हजुरआमा
पोहोर साल थन्क्याएका जाडाका ओखतीहरू ।

आफ्नै अनुहारको फोटोकपी जस्तै
खुम्चिएका छन् हजुरबाका कोट र गलबन्दी
खडेरीको बेँसी खेतजस्तै
चर्किएका छन् हत्केला पैलाला र कुर्कुचा ।

जीवनलाई सहजै सहने यी केटाकेटीहरू
अलिकति फुर्सद भयो कि
आँखा छलेर निस्किहाल्छन्
उत्ताउलो सिरेटोसँग जिस्कन ।
हावाका आँगनतिर फर्किएका छन्
जीवनका झ्यालहरू
झनै कोलाहल छ बाहिर
यो बाक्लो उपस्थितिलाई के भनौँ ?
बजार कि सम्मेलन ?
गोष्ठी कि सेमिनार ?
जहाँ न कसैलाई छुट छ
न आरक्षण ।

ठ्याक्कै यही सिजनमा
वर्षौदेखि उस्तै रूप र
पराजित अनुहार लिएर
केही जित्नका लागि
न्यायको अँगेना वरिपरी
धर्ना दिइरहेछौँ हामी
तर कहिल्यै साटिेएन सपनाको रङ्ग
वर्षौपछि यस्तो लाग्न थालेको छ
यसरी न्यायको आगो ताप्ने निहुँमा
दाउरा थप्दै छौँ कि,
आफ्नै अनाम आयु थप्दै छौँ हामी ??

०००
मोरङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
घर

घर

तारा पराजुली
बुबा र ईश्वर

बुबा र ईश्वर

तारा पराजुली
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सत्ता समात्ने भए

सत्ता समात्ने भए

माधव पोखरेल गोज्याङ्ग्रे
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
आउँछ साँढे सन्किँदै

आउँछ साँढे सन्किँदै

रणबहादुर बुढाथोकी ‘भैया’
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x