साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेपाल यो बन्द छ

Nepal Telecom ad

गाडी चल्न दिईन्न आज बटुवा थन्केर बस्छन् घर ।
गाडी स्टाफ सबै लुकी बस कि वा भागेर जाऊ पर ।।
भोकै वस्नु खलासि चालकहरू खान्छन् यहाँ मालिक ।
मान्दैनौ त भने अवश्य अहिले तोडिन्छ रे शालिक ।।

ढोका खोल्नु हुँदैन यी पसलमा आएर किन्छन् जन ।
भोकै बस्नु ल है गरीव जनता हाम्रो छ आन्दोलन ।।
विद्यार्थी स्कुल जानु हुन्न घरमै क्रिकेट खेल्ने बरु ।
सन्चो छैन भने त हस्पिटलमा जान्नन् विरामीहरू ।।

मुर्दा पोल्न नलग्नु पर्ख जनता के हुन्छ त्यो घाटमा ।
आजै पर्छ र मर्नु लौ न किन हो यो बन्द नेपालमा ।।
सुत्केरी नबनौं न गर्भि्णि—हरू लौ पर्ख अर्को दिन ।
ज्यालामा किन जानु छ ज्यामिहरूले चल्दैछ आन्दोलन ।।

खाना खानु र गर्नु काम सब यी पर्खेर दोश्रा दिन ।
हामी बन्द छ भन्दछौं सबजना गर्छन् डराईकन ।।
यस्तै चल्दछ राजनीति प्रगती हुन्छन् कहाँ मन्द छ ।
बोल्ने हिम्मत गर्नु आज कसले नेपाल यो बन्द छ ।।

गुल्मी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x