साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नाच्लान् कि भस्मासुर ?

Nepal Telecom ad

ए हाम्रा बुध—प्राज्ञ—नायक— ठुला ! सोच्द्यौन गम्भीर भै ।
देशै बालक— बृद्ध— आश्रम बन्यो, बस्छन् अपाङ्गै रुँदै ।।
ऊर्जाशील—युवा अनन्य— प्रतिभा, बैनी र छोरी सबै ।
पुग्छन् है परदेशका जमिनमा, मातापिता बिर्सँदै ।।

बाँझा छन् सब भूमि अन्न— फल वा, झुल्दैन फुल्दैन रे ।
तोरी— धान —मकै— उवा— गहुँ कुनै, फुल्दैन फल्दैन रे ।।
आलूप्याज र काउली— परबरै, मुला — घिरौंला — भिँडी ।
हाम्रा पौरखबाट बाहिर गए, तान्छौं विदेशी — बिँडी ।।

आयातीत सबै पकेटभरका, खाद्यान्न भान्सा छि¥यो ।
ताजा— मौलिक — खानपान नभई, उत्पादनै पो गि¥यो ।।
प्रूmटी —कोक र चाउचाउ — मम वा थुप्पा विदेशी — सुरा ।
टीका — गर्गहना — लुगा — क्रिम — जुता , बाला र लाली — चुरा ।।

नाना — खर्खजना पराइ घरका, खाना र दाना घिची ।
पक्षी वा पशुका घरैसरि भयो, बुज्रूकले नै थिची ।।
आऊ कृष्ण र राम — वामन यहाँ, चड्काउ बक्कासुर ।
छाडा छोड्न भएन बुज्रुक यहाँ, नाच्लान् कि भस्मासुर ? ।।

धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
अगुल्टाले च्वाइँ ! जय ज्वाइँ !

अगुल्टाले च्वाइँ ! जय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पिण्ड स्थाने पिण्डम् !

पिण्ड स्थाने पिण्डम् !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x