साइबर अपराध सम्बन्धी सचेतना सामग्री

निवेदन

Nepal Telecom ad

महोदय
यो यौटा निवेदन हो
यसबाट कसैलाई पर्न गएको असुबिधा प्रति
म क्षमा चाहन्छु
म यौटा संघारमा उभिएको छु
एकछिन पछी मलाई भित्र जानु छ
त्यसैले मेरा आवाजहरूले सम्बोधन गर्न चाहन्छु
मेरो गुनासो कस्सैसंग पनि छैन
न सरकार
न तपाईँ
न म आफै स्वयं
खरबारी आमा आफैले बेचेकी हुन्–
छोरो पढाउनु थियो, ठूलो मान्छे बनाउनु थियो
र आफैले भनेकी थिइन्– यस्ता खरबारी ऊ आफैले जोड्नेछ
पहिले ऊ ठूलो मान्छे बनोस्
राजनीतिको ‘र’ सम्म नजानेका मेरा बा
कुनैदिन कसैको प्रलोभनमा परेर– झण्डा बोकेर पुगे सडकमा
आन्दोलनको दौडानमा कन्चटमा गोली लागेर
ढले रगताम्मे भएर– छट्पटाए कैयौं दिन अस्पतालमा
थेग्न सकेन बाको सासलाई बन्धकीमा राखेको घरले
न पाउन सकिन आमाले बाको ब्लड मनी
न बाँकी रह्यो आमाको नदी जस्तो सिउँदो
नभएका होइनन् आमासँग–
झुम्का, तिलहरी र मडहरी पनि
तर ती सबै छोराको फुर्मासमा सकिए
आमाले कहिले नाइ भन्न सकिनन्
किनकी उनलाई अहिले पनि विस्वास छ–
छोरो कहिल्यै खराब मान्छे बन्न सक्तैन
छोराले नपढेको पनि थिएन
तर हरेक जागिरको अन्तर्वार्तामा
अन्तिममा उसलाई यौटै प्रश्न सोधिन्थ्यो–
अब भन्नुहोस् तपाइको आफ्नो मान्छे को छ ?
यौटा सानो बालकलाई जस्तै
अहिले पनि आमा दिनहुँ जसो
छोराको शैक्षिक प्रमाणपत्रहरू मुसार्छिन्
मानौ ती आमाका भविष्य हुन्
र जसले आफूलाई सहारा दिनेछन् भन्ने
मिठो भ्रममा छन् उनी अझै
पेट आफ्नै बिरूध्दमा उभिएको छ खोक्रो सारंगी भएर
आफ्नै बिरूद्धमा उर्लिएको छ आँखामा आँसुको भेल
हिंजो मात्रै अस्पतालमा नयाँ रिपोर्ट देखियो–
आमाको पाठेघर खस्ने समस्या छ
बेच्न बाँकी अब
आमाको नाकको बुलाकी मात्रै छ
किनकी– त्यो आमाले कहिल्यै फुकाल्दिनन्
महोदय
मैले माथि नै उल्लेख गरेको छु
यो यौटा निवेदन हो
मलाई थाहा छ– यो सुनेपछी आमा मुर्छा पर्नेछिन्
र कहिल्यै ब्युझने छैनन्
किनकि– यो मेरो सुसाइड नोट हो ।

गुल्मी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x