साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पुरानो सम्झना

Nepal Telecom ad

म आएको थिएँ तिम्रो मूलढोकामा
पुरानो सम्झना समझाउं कि भनेर
कति जीवन्त थियो
पुरानो अभिभादन
पुरानो मुस्कान
पुरानो चिया
पुरानो आँशु
पुरानो अट्टहास
तिमी बसेको नयाँ घरमा
मैले खोजें त्यही पुरानो परिचय
भेटिंन कुनै पुरानो
सबै थिए नयाँ
नयाँ गाडी
नयाँ ड्राइभर
नयाँ प्रबिधि
नयाँ सहायक
नयाँ साथी
नयाँ गठबन्धन
पुरानोको कुनै नाम निशान थिएन
म आएको थिएँ
तिम्रो ढोकामा
पुरानो घाउको खत देखाउं की भनेर
मैले हेरें एकछिन
तिम्रो नयाँ ढोका
त्यहि ढोकामा रहेको ऐनामा
आफ्नो सम्पूर्ण रुप
अनि फर्कें चुपचाप
म आएको थिएँ एक छिन
एक अंगालो मारौँ कि भनेर
म आएको थिएँ
पुरानो कुरा सम्झेर
एक छिन संगै आँसु झारौँ कि भनेर
म आएको थिएँ तिम्रो मूलढोकामा
पुरानो सम्झना सम्झाउँ कि भनेर ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सवारी

सवारी

स्नेह सायमि
सुरक्षा

सुरक्षा

स्नेह सायमि
रहरहरू

रहरहरू

स्नेह सायमि
कफी !

कफी !

स्नेह सायमि
कालो सूची

कालो सूची

स्नेह सायमि
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x