साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उपचार गर्छु गर्छु !

Nepal Telecom ad

रोगी भएँ दिनदिनै अब रोग लाग्यो
ऐश्वर्य भोग्न नसकी सब भोग भाग्यो
यो देह दुख्छ अति नै उपचार खोज्छ
जाऊँ कहाँ मन अहो ! अब ठाउँ रोज्छ ।।

नेपालभित्र अब रोग निदान हुन्न
यो राष्ट्रले जति गरोस् उपचार छुन्न
बाँचिन्छ नै यदि भने उपचार खोज्छु
संसारभित्र जति छन् सब सार रोज्छु ।।

हो, छैन द्रव्यसँगमा तर जुट्छ जुट्छ
पाएर औषधि सँगै सब रोग छुट्छ
छैनन् यहाँ मुलुकमा अति दक्ष व्यक्ति
स्वास्थ्योपचार न त मिल्छ यहाँ न शक्ति ।।

गर्लान् अरू यदि भने पनि हुन्न हेर
यो राष्ट्रभित्र जति होस् उपचार धेर
विश्वास छैन मनमा जब राष्ट्रभित्र
होलान् चिकित्सक कतै पनि दक्ष मित्र ! ।।

जापान बैङ्कक कतै कि जहाँसुकै होस्
सिङ्गापुरै कि अथवा कि अमेरिकै होस्
यो रोग साम्य जसरी अब गर्छु गर्छु
दाता उदार सरकार म आस गर्छु ।।

के खर्च मान्नु कसको घरबाट जान्छ
जे दिन्छ दातृ मनले सरकार मान्छ
मेरो व्यथा जब कसैसँग मेल खान्न
यो राष्ट्रभित्र उपचार म गर्न जान्नँ ।।

रोगी भए पनि अरू म समान छैनन्
पीडा म भोग्छु जति अन्य अवश्य छैनन्
तत्काल दुःख कसरी अब भोग्नु यस्तो
जे होस् म गर्छु उपचार जहाँ छ सस्तो ।।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे !

मान्छे !

लेख निरौला
प्लिज सर !

प्लिज सर !

लेख निरौला
मैले हारेँ

मैले हारेँ

लेख निरौला
अरू को छ र !

अरू को छ र...

लेख निरौला
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x