मेरो पार्टी प्यालेस
मेरो पार्टी प्यालेस
नाम ठाँटी प्यालेस
काम खाँटी प्यालेस
हामी यति सस्तो खुवाइ दिन्छौँ कि
अरुले छ सयमा खुवाउने
हामीले तीन सयमा खुवाइ दिन्छौँ
अझ भन्नुहुन्छ भने
गाई पेयोर घ्यू पनि सुँघाइ दिन्छौँ ।
भान्सा यति सुगन्धित हुन्छ कि
तपाईं ढोकामा आएकै टाडै सर्नु हुन्छ
यदी आँट गरी भित्र छिरीहाल्नु भो भने
गन्धले ठाउँका ठाउँ ठहरै पर्नु हुन्छ ।
यहाँको खाना
पहिले मगमग बसाउँदै जान्छ
बिस्तारै ठसठस गनाउँदै जान्छ
त्यसपछि मुख टिमिक्क बनाउँदै जान्छ
यति भएपछि कसले थपी थपी खान्छ ?
यहाँको भोजले तपाईंलाई
यती पखला लगाउँछ कि
तपाईंको पेट
खसीको आन्द्राभुँडी धोए झै साफ हुन्छ
फेरि यही ठाउँको भोजको निम्तो आयो कि
हुजुर वाफ रे वाफ हुन्छ ।
यहाँको भोजले
पहिले पेट कटक्क खान्छ
त्यसपछि मान्छे
ट्वाइलेट पटक पटक जान्छ
तपाईंलाई फुत्रुक्क गलाउँछ
उस्तै परे दुईचार दिन
बिस्तारमा नै ढलाउँछ
भन्नुस् त हजुर
यस्तो तगडा खान कसले खुवाउँछ ?
दाङ, हाल काठमाडौं