साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरो पार्टी प्यालेस

Nepal Telecom ad

मेरो पार्टी प्यालेस
नाम ठाँटी प्यालेस
काम खाँटी प्यालेस
हामी यति सस्तो खुवाइ दिन्छौँ कि
अरुले छ सयमा खुवाउने
हामीले तीन सयमा खुवाइ दिन्छौँ
अझ भन्नुहुन्छ भने
गाई पेयोर घ्यू पनि सुँघाइ दिन्छौँ ।

भान्सा यति सुगन्धित हुन्छ कि
तपाईं ढोकामा आएकै टाडै सर्नु हुन्छ
यदी आँट गरी भित्र छिरीहाल्नु भो भने
गन्धले ठाउँका ठाउँ ठहरै पर्नु हुन्छ ।

यहाँको खाना
पहिले मगमग बसाउँदै जान्छ
बिस्तारै ठसठस गनाउँदै जान्छ
त्यसपछि मुख टिमिक्क बनाउँदै जान्छ
यति भएपछि कसले थपी थपी खान्छ ?

यहाँको भोजले तपाईंलाई
यती पखला लगाउँछ कि
तपाईंको पेट
खसीको आन्द्राभुँडी धोए झै साफ हुन्छ
फेरि यही ठाउँको भोजको निम्तो आयो कि
हुजुर वाफ रे वाफ हुन्छ ।

यहाँको भोजले
पहिले पेट कटक्क खान्छ
त्यसपछि मान्छे
ट्वाइलेट पटक पटक जान्छ
तपाईंलाई फुत्रुक्क गलाउँछ
उस्तै परे दुईचार दिन
बिस्तारमा नै ढलाउँछ
भन्नुस् त हजुर
यस्तो तगडा खान कसले खुवाउँछ ?

दाङ, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
नाग पञ्चमी

नाग पञ्चमी

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x