साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रहरी दाइ, साँच्चै मेरो साथी बन्ने हो ?

Nepal Telecom ad

आजकाल देशमा एउटा नारा निकै चर्चित छ, ‘प्रहरी मेरो साथी ।’ रेडियो, टिभी, पत्रिका, अनलाइन, सडक, गल्ली, चोक सबैतिर ‘प्रहरी मेरो साथी’ले छपक्कै ढाकेको छ । प्रहरीको यो ‘आक्रामक’ अभियान देख्दा खुसी र हाँसो एकै पटक उत्पन्न हुन्छ । आउनुहोस्, आज यही विषयको गजुरीयल विश्लेषण गरौं । ‘प्रहरी मेरो साथी’ नारामा खुसी यो अर्थमा कि हिजो रमेश खरेलहरूले प्रहरी संगठनलाई साँच्चै हाम्रो साथी बनाएका थिए । आज सर्वेन्द्र खनालहरूले जनतामा सुरक्षाको बलियो अनुभूति गराएका छन् । भोलि अरू नयाँ सिपाहीरअफिसरहरूले यो नारालाई व्यवहारमा लागू गर्नेछन् ।

भूकम्प र नाकाबन्दीमा कतिपय समयमा प्रहरीले मीतज्यूको काम गरेको थियो । बाढी–पहिरोमा साथीभन्दा माथिको काम देखिएको छ । अपराधका ठूल्ठूला जाला च्यातेर माकुराहरूलाई दण्ड दिएर वर्तमान प्रहरी संगठनले जनतामा सकारात्मक छाप छोड्नु निश्चयपनि खुशीको कुरा हो । सँगसँगै हाँसो पनि उठ्छ । भनेको छ प्रहरी मेरो साथी, गरेको कानुनभन्दा माथि ! न्यायाधीश काण्डमा प्रहरी हाकिमकै नाम जोडिएको छ । सुन तस्करीको जालोमा प्रहरीकै कालो अनुहार झुल्किन्छ । गुन्डालाई संरक्षणदेखि तस्करलाई रिहाईजस्ता ‘मालकार्य’ मा पनि प्रहरीको जोडदार संलग्नता सुनिन्छ । यस्तो अवस्थामा ‘प्रहरी मेरो साथी’ भनेको सुन्दा मलाई त खित्का छोड्न मन लाग्छ, तपाईंलाई हाँसो उठ्दैन ?

यसको अर्थ समग्र संगठनप्रति वितृष्णा छ भन्ने होइन । घाम–छायाँ, रात–दिन, उज्यालो–अँध्यारो जहाँ पनि हुन सक्छ । हामीले त्यहाँको सुन्दर पाटो पत्ता लगाउने हो । त्यसैलाई समाउने हो, त्यसैलाई अघि बढाउने हो ।जसरी सेतो चामलमा बियाँ पनि हुन्छन् त्यसैगरी नीलो बर्दीमा उपियाँ पनि हुन सक्छन् । बर्दीमा उपियाँ लाग्यो भनेर त्यसलाई डढाउने कुरा हुँदैन, उपिँया लखट्ने उपाय खोज्नुपर्छ । त्यो उपाय भनेको प्रहरीको राम्रो कार्यलाई स्याबासी दिने तथा गलत काममा खबरदारी गर्ने हो । यसो भयो भनेमात्र प्रहरी जनताको साथी हुन्छ, जनता प्रहरीको साथी रहन्छ ।

प्रहरीप्रतिको हाम्रो परम्परागत धारणा कस्तो छ त ? राणाशासन भोग्नेहरू भन्थे, ‘फोहोरमा नराम्रो सुली, जागिरमा नराम्रो पुलिस ।’ पञ्चायतविरुद्ध लड्नेहरू कुर्लन्थे, ‘खैरे पुलिस पर सर, प्रशासनिक दमन बन्द गर ।’ गणतन्त्रवादीहरू उर्लिन्थे, ‘डन्ठे प्रहरी बाई–बाई, गणतन्त्र हाई–हाई ।’ हामीले सबैभन्दा पहिले प्रहरीप्रतिको यस्तो आग्रह परिर्वतन गर्नुपर्छ ।सत्य के हो भने, सुरक्षाकर्मी तत्कालीन कानुनका पालनकर्ता हुन् । विद्यमान कानुनको उल्लंघन गरे उनीहरूले ठूलो दण्ड पाउँछन् । अझ सरल भाषामा भनौं, राणाहरूलाई पनि जय नेपाल सा’प् गर्नुपथ्र्याे । राजालाई पनि सलाम ठोक्नुपथ्र्यो । बहुदल, गणतन्त्र जे आए पनि तत्कालीन कानुनलाई हस् सा’प भन्नु उनीहरूको दायित्व हो । यस अर्थमा प्रहरीलाई हेर्ने परम्परागत धारणा बदल्नु जरुरी छ ।

जनताको साथी हुनका लागि प्रहरीले पनि सुधारिनु जरुरी छ । आफ्नै संगठनका भ्रष्ट कर्मचारीहरूलाई कानुनको दायरामा रही निर्मम दण्ड दिनुपर्छ । मैले बोलेपछि त्यही हो कानुन भन्ने ‘फुली भावना’ अन्त्य गर्नुपर्छ । ‘ठुस्कानसहितको सेवा’ त्यागेर ‘मुस्कानसहितको सेवा’लाई व्यवहारमै लागू गर्नुपर्छ ।

एउटा लिखुरे इन्स्पेक्टरले आफ्नो बाबुसमानको हवल्दारलाई ‘तँ’ भनेको सुन्दा मलाईचाहिं मजा लाग्दैन । नेताका पछाडि दौडने प्रत्येक भुसुनालाई सिपाहींले सलाम ठोक्नैपर्ने बाध्यता छैन । पक्रिइसकेको अपराधी छोड्न आदेश दिने अफिसरको दबाबलाई ‘चेन अफ कमान्ड’ भनिंदैन । यस्तो ‘मेन अफ घमन्ड’को प्रवृत्ति निर्मूल पारे प्रहरी साच्चै हाम्रो साथी बन्नेछ ।

साप्ताहिक, श्रावण ३०, २०७३

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x