साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खित्कै खित्का– २०

Nepal Telecom ad

हाम्रो सिन्डीकेट
त्यति धेरै सभासद् भएको संविधानसभा दुर्घटनामा परेन, त्यति धेरै मन्त्री हुँदा पनि सरकार चलेकै हो । क्षमताभन्दा दोब्बर– तेब्बर यात्रु राख्दा दुर्घटना भएको भन्न कसरी मिल्छ ? सडकको कुरा हो, मेसिनको खेल हो, कोही कोही बेला दुर्घटना हुन्छ । जाबो २०–५० मानिस मर्दा र घाइते हुँदा पनि कोकोहोलो मच्चाउने ? मान्छे कोही अजम्बरी छ ? दुर्घटनामा नमरे अरू कारणले मर्छन् । हामीले किरिया खर्च दिन कन्जुस्याइँ गरेका छैनौँ । तपाईंका पार्टीको केन्द्रीय समितिमा दुई–तीन हजार सदस्य अट्छन् भने हाम्रो बसमा चक्का नफुटुन्जेल यात्रु किन अट्दैनन् ?

यात्रु धेरै भएकाले दुर्घटना भएको हो भन्नेहरूले हेरून्– दुर्घटनामा टायर पड्केको छैन । यात्रु धेरै भएको भए चक्काले थाम्दैनथ्यो, टायर पड् कन्थ्यो । चक्काले थामिन्जेल, टायर नफुटुन्जेल यात्रु राख्न पाउनुपर्छ । यात्रुलाई हामीले जबर्जस्ती चढाएका छैनौँ, आफैँ झुत्ती खेल्दै चढ्छन् । यात्रुले हामीलाई असाध्यै विश्वास गर्छन् । विश्वास नगरेका भए कसरी चढे ? बरू, सरकारलाई विश्वास गर्दैनन्, हाम्रो बसलाई त्यति विश्वास गर्छन् । हाम्रो बस जति पुरानो हुन्छ, त्यति धेरै विश्वास गरेर भरिभराउ चढ्छन् ।

रित्तो बस पनि दुर्घटना भएको छ, दुर्घटना भन्या भवितव्य हो । दुर्घटनामा मान्छे मर्दा हामी पनि दुस्खी हुन्छौँ । किनभने, हाम्रा यात्रु घट्छन् । यात्रु धेरै हुनाले दुर्घटना भयो भन्नेहरूलाई हाम्रो सिन्डीकेटको के भनाइ छ भने कृपया तपाईंहरू बस नचढ्नूस्, पैदल नै हिँड्नूस् । होइन भने चुप लागेर बस्नूस् । नराम्रो होला, हामी सिन्डीकेटवालासँग बेकारमा निहुँ नखोज्नूस् ।

उत्तर, दक्षिण, भ्रमण, स्वागत
मन्त्री बनाउन भाग पुगेन ? मन्त्रालय पुगेन ? मन्त्रालय फुटाउनु र्पयो ? लौ उपाय आयो । परराष्ट्र मन्त्रालय फुटाऊ । ‘उत्तर मन्त्रालय’ बनाऊ । ‘दक्षिण मन्त्रालय’ पनि बनाऊ । ‘पूर्व–पश्चिम’ मन्त्रालय पनि बनाऊ । यतिले पनि पुगेन ? पुगेन भने ‘ भ्रमण मन्त्रालय’ पनि बनाऊ । कौशीको कुनामा पाल टाँगेर ‘उत्तर भ्रमण मन्त्रालय’को साइनबोर्ड ठड्याऊ । भर्याङमुनिको च्यापमा ‘ दक्षिण भ्रमण मन्त्रालय’को साइनबोर्ड झुन्ड् याऊ । ‘भूराजनीति’ मिलेन, अब मिलाउनुपर्छ भन्दै ‘भूराजनीति मन्त्रालय’ पनि बनाऊ । वल्लो पल्लो सबै देश समाऊ । देशदेशमा गएर नेपाल भ्रमणमा बोलाऊ । ओहो, यही मौकामा अर्काे पनि आइडिया आयो, एउटा ‘स्वागत मन्त्रालय’ पनि बनाऊ ।

स्रोतको खानी नेपाल
नेपालमा स्रोतभन्दा सर्वव्यापी केही छैन । दुई जनाबीचको कानेखुसी पनि स्रोतले बताइहाल्छ । कानेखुसीमा फलानाले यसो भन्नुभो, जवाफमा ढिस्कानाले उसो भन्नुभो पाराको समाचार पढ्नुभएकै होला । दिल्लीमा के कुरा भो, बेइजिङमा के छलफल भो भन्ने पनि स्रोतले नै बताउँछ । फलाना र चिलाना मिलेर घूस बाँडेर खाएको कसरी थाहा हुन्छ ? स्रोतले बताउँछ । को नेताले कस्तो मनस्थिति बनाएका छन्, को नेताले के सोचिरहेका छन्, यस्ता कुरा पनि स्रोतले नै बताउँछ । मनस्थितिभित्र पनि स्रोत राख्न सक्ने नेपाली मिडियालाई मान्नैपर्छ । मिडिया भन्दा पनि स्रोतलाई चाहिँ मान्नुपर्छ । स्रोत पनि थरीथरीका हुन्छन् । कुनै स्रोतले दाबी गर्छ, कुनैले बताउँछ, कुनैले सम्भावना व्यक्त गर्छ ।

बालुवाटारमा के भइरहेछ, स्रोतले बताउँछ । हलुवाटारमा चलेको हल्ला पनि स्रोतले नै बताउँछ । नेपाली मिडियाको स्रोत यति तगडा छ कि कुनै दिन ब्रह्माण्डमा पृथ्वीजस्तै अर्काे ग्रह छ भन्ने समाचार आउनेछ र त्यो समाचार पनि स्रोतले नै दिएको हुनेछ । बुध ग्रहमा पानी भएको स्रोतले दाबी गरेको समाचार पनि एक दिन पक्कै आउनेछ । दुर्घटनामा फलानाको निधन भयो, उहाँलाई यमलोकमा स्वागत गर्दै यमराजले ‘मिति नपुगी आउनुभएछ’ भनी टिप्पणी गरे । यस्तो समाचार कुनै पनि बेला आउन सक्छ । र, यमलोकको यो खबर पनि स्रोतले नै दिएको हुनेछ ।

कोही भन्छन्, नेपाल जलस्रोतमा विश्वमै धनी छ । कोही भन्छन्, मानव स्रोतमा धनी छ । वास्तवमा नेपाल ‘समाचार स्रोत’मा चाहिँ सबैभन्दा धनी छ । कि कसो ?

नेपाल, भाद्र १०, ०७३

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x