साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरो स्वनिर्मित पिँजडा र ‘म’

Nepal Telecom ad

हो साँचो हराएको छ height=
त्यो पनि 
मेरो स्वनिर्मित पिँजडाको {{read_more}}
जसभित्र मैले आफै 
आफ्ना चाहना बन्दी बनाएको छु ।

पिँजडा बनाउने पनि मै
चाहनाहरूलाई बन्दी बनाएर
ताल्चा लाउने पनि मै 
मेरो चाहना कैदी किन छन्
चिच्याउने पनि मै
अर्थात बोक्सी पनि मै
धामी पनि मै ।

त्यसैले अब म सबै 
सनातनी मान्यताहरू भत्काएर 
स्वतन्त्र चेतनाको सर्जक हुन चाहेर
मेरो दैनिकीमा यो प्रष्ट लेख्न उद्यत छु कि
सबै थोक म एक्लैले प्राप्त गर्ने
आफ्नो कुटिल स्वार्थका कारण नै
मेरो सोच स्वतन्त्र हुन सकेन
ढुकढुकी मेरो मुटुको नियन्त्रणमा रहेन 
त्यसैले दोष कसैको होइन
मेरो आफ्नै हो
साँचो अर्थमा म स्वयं नै स्वयंको बन्दी हुँ ।

अविश्वासको राप र तापमा
भविष्यप्रतिका मेरा आकाँक्षाहरू,
मैंले स्याहारेका हुर्काएका 
नवनेपालको प्रवेश द्वारमा 
सजाइएका मेरा स्वर्णिम सपनाहरूलाई
मैंले नै आफ्नो स्वनिर्मित पिँजरामा
बन्दी बनाएको छु ।
 
अब म पछुतो गर्दै, 
लागि परेको छु 
सबै काला आँधीहरूको मुहान थुतेर
पिँजराको हराएको साँचो खोज्न र
स्वतन्त्र गर्न आफ्ना सपनाहरूलाई
उज्यालो पार्न आफ्ना आकांक्षाहरूलाई
स्वनिर्मित पिँजडाको ढोका खोलेर
मेरो भविष्यको क्षितिजमा
इन्द्रधनुष उदाउनलाई
उदासी मन आँगनमा
लालीगुराँश मुस्काउनलाई ।

विराटनगर
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
व्यङ्ग्य गुट्का

व्यङ्ग्य गुट्का

लक्ष्मण नेवटिया
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x