साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घुम्तीको ६७ औँ शृङ्खला 

Nepal Telecom ad

घुम्ती कविगोष्ठी नेपालको ६७ औँ शृङ्खला २०७५ जेष्ठ १२ गते शनिबार सरस्वतीनगर, काठमाडौँको गोल्डेन पिक हाइस्कुलमा सम्पन्न भएको  height=छ । {{read_more}} सोही स्कुलकी निर्देशक कला राईको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा कवि ढुण्डीराज मरासिनीको प्रमुख आतिथ्य थियो भने अन्य अतिथिहरूमा शान्ति काव्यगोष्ठीका पूर्व अध्यक्ष माधवलाल श्रेष्ठ, शैली साहित्य समाजकी अध्यक्ष मञ्जुश्री प्रधान केसी, कपन–बानेश्वर साहित्यिक साप्ताहिकका सम्पादक निबन्ध आचार्य, गोल्डेन पिकका प्रिन्सिपल छत्रमणि राई र वरिष्ठ कवि त्रिलोचन आचार्य रहनुभएको थियो । 

घुम्ती कविगोष्ठी नेपालका उपाध्यक्ष परशुराम पराशरले स्वागत सहित कार्यक्रम सञ्चालन गर्नुभएको यस कार्यक्रममा कविहरू दीपक दाहाल, मोहन फुयाँल, भुवन सिवाकोटी चौघरे, मञ्जुश्री प्रधान केसी, मिसन अधिकारी, रुद्र अधिकारी, रामकुमार पण्डित क्षेत्री, छविन दाहाल, रामचन्द्र दाहाल, गणेशप्रसाद खतिवडा, डिल्लीप्रसाद मूलतिहुन, परशुराम पराशर लगायत अतिथि माधवलाल श्रेष्ठ, प्रमुख अतिथि ढुण्डीराज मरासिनीले आ–आफ्ना रचना वाचन गर्नुभएको थियो । 

विद्यार्थीहरूको समेत उपस्थिति भएको यस कार्यक्रमको अन्त्यमा घुम्ती कविगोष्ठी नेपालका अध्यक्ष रामचन्द्र दाहालले धन्यवाद मन्तव्य दिनुभएको थियो भने प्रमुख अतिथिले घुम्ती कविगोष्ठीको निरन्तरताको चर्चा गर्दै आपूmले पनि सहयोग र साथ दिने भन्नुभएको थियो । सभाध्यक्ष कला राईले कार्यक्रमको सराहना गर्दै घुम्ती कविगोष्ठी नेपाल फलोस् फुलोस् भन्ने कामना गर्नुभएको थियो । 
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x