साइबर अपराध सम्बन्धी सचेतना सामग्री

संमृद्ध होस् देश यो

Nepal Telecom ad

नेपाली जनता भएर भरिया नेता भकारी भयो height=
सिङ्गो देश अखण्ड, खण्ड उसले पार्दै र लुछ्दैरह्यो । {{read_more}}
दुम्सीका दलमा मिलेर चितुवा खन्ने, चिथोर्ने भयो
ब्वाँसाका चलखेलबाट कसरी संमृद्ध होस् देश यो ?

कस्तो तन्त्र चलाउँदैछ खुफिया सर्वोच्चतामा सदा
गुण्डाराज समाउँदै र दुहुँदै सम्पन्नतामा छँदा ?
सैतानी क्रम फैलियो डलरमा भाषा तमासा भयो
क्रिस्तानी मतिमा मिलेर कसरी संमृद्ध होस् देश यो ?

ऐलेको प्रहरी कुनै हरिविना बन्ने भयो रक्षक
अत्याचार अधर्मका समयमा बन्दै गयो भक्षक ।
भ्रष्टाचार कुकर्ममा रत हुने आकाश चुम्दै गयो
बढ्दो घूससँगै भनूँ म कसरी संमृद्ध होस् देश यो ?

हत्यारा, सुनकाण्डका पहुँचमा डाँडा र काँडा जुटे
काण्डैकाण्ड प्रकाण्डका परिधिमा नेता अनौठा उठे ।
अग्लो देश मधेसमा फहरिने झण्डा नयाँ देखियो
टुक्रा सात बन्यो भनूँ म कसरी संमृद्ध होस् देश यो ।

बाटो एक अनेकतातिर गई गन्तव्य टेकिन्छ र ?
माटो एक चिराचिरा मुलुकमा जीवन्त भेटिन्छ र ?
अर्काका भरमा चलेर कहिले सम्पन्नता भेटियो ?
बिच्छीका मतिमा बिकेर कसरी संमृद्ध होस् देश यो ?

९८४१४९१०८१ 
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मार्न थाले गाँठे !

मार्न थाले गाँठे !

डा. बमबहादुर जिताली
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
च्याँखे थाप्न थाले

च्याँखे थाप्न थाले

डा. बमबहादुर जिताली
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सक्छ को गीत बिर्सन ?

सक्छ को गीत बिर्सन...

डा. बमबहादुर जिताली
गोही बनी सुन्दर 

गोही बनी सुन्दर 

डा. बमबहादुर जिताली
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x