साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तामा बनेको दिन 

Nepal Telecom ad

रोपेँ बीउ मुरी कडा श्रम गरी फल्दा छ माना हुने height=
जग्गा किन्दछु रोपनी तर हरे ! नाप्दा छ आना हुने {{read_more}}
चोली टेलरले दियो घर पुगी जामा बन्यो खै किन ?
पक्रेको सुन जो थियो सहरमा तामा बनेको दिन 
।१।

हाडेको उपचार पूर्ण गरियो जाँच्दा छ खोकी–दम
सावाँ ब्याज मिलाउँदा रकम झन् भो ब्याज भन्दा कम
ल्याएँ गोरु नयाँ किनेर घरमा म्याँ म्याँ गर्यो खै किन ?
पक्रेको सुन जो थियो सहरमा तामा बनेको दिन 
।२।

मेची जान्छु भनी नयाँ बस चढेँ लैजान्छ कालीतिर
पत्नी खातिर पत्र प्रेषित गरेँ गैजान्छ सालीतिर
पेटीकोट लगाउँदा पलकमै कुर्ता बन्यो खै किन ? 
पक्रेको सुन जो थियो सहरमा तामा बनेको दिन
।३।

लेखेको कविता थियो तर सखे हेर्दा कथा देखियो
छाम्दा सूक्ष्म कुना कुना मुलुकको नौलो व्यथा लेखियो
नानामै सरकार जो छ छिनमै नाङ्गो बन्यो खै किन ?
पक्रेको सुन जो थियो सहरमा तामा बनेको दिन 
।४।

चारैतर्फ अनिष्ट लक्षण सबै तत्काल जो देखिए 
सारा सार कथा पसी कलममा धर्सा बने लेखिए 
लम्केको प्रहरी प्रशासन मिली हेर्दै झुकायो शिर
पक्रेको सुन जो थियो सहरमा तामा बन्यो आखिर 
।५।

जन्मस्थलस्पञ्चेश्वर–६, बिजुल, बैतडी
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x