दुर्गाप्रसाद ग्वालटारेगरून् न, रामरमाइलो गरून्

“हेर न विमला ! आजकलका केटाकेटीहरू के बिधि छाडा भएका, शरम भन्नु त कत्ति ….” मैले सबै बृत्तान्त सुनाएँ । 
आफ्नो शिक्षण पेशाको अस्ताउँदो कालखण्डमा जत्ति अवकाशको मिति नजिकिँदै थियो उत्ति नै किशोर(किशोरीका लीला मलाई झन्झन् अपाच्य हुँदै गएको थियो । आजका कलेजका दृष्यहरूले पनि मलाई उत्तिकै हुँडलीरहेका छन् ।
कलेजमा भित्रबाहिर गर्दैगर्दा मैले कहिले गाईबस्तु चराउन जाँदाको दृष्य देखेँ । बहरबाच्छीहरू उन्मत्त उफ्रेको देखेँ । कहिले आफ्नै किशोरावस्थामा जात्रा जाँदाका चित्र देखेँ ।
सायद मैले ब्यक्त गरेको कुरामा उनको स्विकारोक्ति कुरीरहेको थिएँ म । यसै बीचमा गजब उत्तर मिल्यो उनको । म तीनछक् परें । उनले भनिन्– “गरून् न, रामरमाइलो गरून् । आफ्नो पालाँ कम्ता मन खुम्च्याउनु परेन ।”
२०७५ माघ ३
हात्तीबन, ललितपुर
Subscribe
Login
0 Comments
Oldest






































