साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुधमा पानी कि पानीमा दूध

Nepal Telecom ad

जब दुध विक्रेतालाई मैले भने
तिमी त मोटाएको
अनि दूध किन पातलिएको {{read_more}}
सरकारले दस हजार जरिवाना तोकेछ,
अब दुधमा पानी नमिलाउनु आइन्दा ।

उसले भन्यो– हजुर 
दुधमा पानी मिलाउँदा 
जरिवाना पनि तिर्नु पर्ने
त्यति खास हुँदैन पनि फायदा
त्यसैले अबदेखि दुधमा पानी होइन 
पानीमा दुध मिलाउन
शुरु गरिसकेका छौँ बाकायदा ।

फेरि यो पनि मलाई भन्नुस्
यहाँ सबैले सबैसँग धेरथोर 
केही न केही मिलाएको छ
तलदेखि माथिसम्म नमिलाए
सिन्को त भाँच्न पाउँदैन
घरमा त मागेको नपुर्याए
एक कप चिया त खान पाइँदैन ।

मिलाउने तन्त्रमै अडकिएको छ 
समाज अहिले
सबैले खिलाएको छ पिलाएको छ
मजाले मिलाएको छ
फेरि किन चिच्याउनु हुन्छ हामीलाई मात्र
ए दुधवाला पानी किन मिलाएको छ ?

विराटनगर
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
व्यङ्ग्य गुट्का

व्यङ्ग्य गुट्का

लक्ष्मण नेवटिया
​जिन्दगी के थाहा, बाँकी होला नै कति ?

​जिन्दगी के थाहा, बाँकी...

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
त्यो पनि त थियो जिन्दगी

त्यो पनि त थियो...

लक्ष्मण नेवटिया
नाङ्गो शहर

नाङ्गो शहर

विप्लव प्रतीक
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
पहिरोको माखेसाङ्लो

पहिरोको माखेसाङ्लो

ठाकुर बेलबासे
संगतकाे फल

संगतकाे फल

रामविनय
लुताे

लुताे

चन्द्रप्रसाद न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x