साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फरक

Nepal Telecom ad

सहर, भोज गर्छ 
प्लेटमा चौटाहरूको उरुङ लगाउँछ
घरमा भए चुसेर खान्थ्यो {{read more}}
भोजमा भने आधा फाल्छ 
फोहर फाल्ने पेटीमा 
खाना हैन विवेक हाल्छ ।

सुदूरका 
अनकण्टार गाउँहरू छन् 
बस्ती हैनन् 
भोक र रोगका पहाड छन्
कागतमा छापिएका 
विकासका सूचक त छन्
तर प्रोजेक्टरले भित्तामा ग्राफ देखाउने 
उज्यालोजति पनि किरणहरू छैनन् 
सहरले 
एकछाकमा फालेको खानाले 
चार छाक अघाउने 
सेपिला पेटहरू मात्र छन् ।

सहर– 
पाइन्टमा वास्तुकलाको झ्याल हाल्छ 
तेह्र नपुग्दै स्टेजमा क्याटवाक् थाल्छ 
गाउँ– 
नियमले हटाएको छाउगोठ फेरि बनाउँछ 
भार भएका हुन् कि चेली र बुहारीहरू 
झ्याल त कहाँ हुन्थे छाउगोठमा 
भित्ताका प्वालबाट बिखालु सर्प छिराउँछ 
अहा ! 
सम्म छन् छापिएका प्रगतिका पानाहरू 
तिनीहरूमा असमानता सोझै हराउँछ ।

ए हजुर ! 
हाम्रो छोरा हाइअस्कुल पास करेको छ 
सुन्छु कि मघेसको पनि कोटा गरेको छ 
तीन बार त भइसक्यो ऊ फयेल भएको
जिमीदारको छोराले कोटा खाएको छ

न हुम्लासम्म छ समृद्धिको न्यानो
न महोत्तरीले पाएको छ शीत छेक्ने छत
घामै नभएको त कहाँ हो र 
पुग्ने गरी पहार कहाँ छ र ?

लागोस् एउटा घाम 
सगरमाथाको टुप्पोबाट
मिथिला, लुम्बिनी र खप्तडहरूमा 
आनन्दको झुल्का पारेर 
सबैका शिरमाथि बराबरी 
सुखको किरण छरेर ।

सातदोबाटो, ललितपुर 
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x