सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

मलाई पनि भ्रष्ट्राचारी भन्देउ न !

Nepal Telecom ad

दाइ ! height=
मलाई पनि भ्रष्ट्राचारी भन्देउ न
दुईचार ठूलाबडामा गन्देउ न । {{read_more}}

आजभोलि कोहि मेरो नाम
चियादोकानमा पनि लिंदैन
समाचारका पृष्टहरूमा पनि
कसैले भाउ दिंदैन
शिखर साँझ रिसोर्टको त कुरै छोडौं
मलाई
सेकुवा कर्नरमा पनि कोहि बोलाउँदैन
पुराण पार्टी र मञ्चहरूमा 
अतिथिको बिल्ला पनि लाउँदैन
दाइ ! मलाई पनि दामदार कर्मचारी भन्देउ न
दुईचार ठूलाबडामा गन्देउ न ।

नीजि कम्पनीका मालिकले
मलाई नमस्कारमा टेर्दैन
चन्दा दिन नसक्ने लाछीलाई
कोही पार्टीका लिडरले पनि हेर्दैन
थाई सिङ्गापुरको कुरै बेग्लै
तिरुपति जाने कि भनेर कोहि सोध्दैन
विवाह पिक्निक र रात्रीभोजमा
अलिकति खाने कि 
भनेर पनि कोहि खोज्दैन
दाइ ! मलाई पनि कालोबजारी भन्देउ न
दुईचार ठूलाबडामा गन्देउ न ।

कहिले कतै सालबारीमा
कहिले कतै मालबारीमा
कुरा मिलाउँन कतै कोहि बोलाउँदैन
मेरो निम्ति छद्मभेषी भाकामा
अनसनको धूलो छरेर सोझा आँखामा
नक्कली आदर्शको गीत गाउँदैन
दाइ ! मलाई पनि कामचोर अधिकारी भन्देउ न
दुईचार ठूलाबडामा गन्देउ न ।

हो नि दाजु !
कमसेकम भ्रष्टाचारी भए
सबैले चिन्ने थिए
दुनियाँ मेरै इसारामा हिन्ने थिए
कथमकदाचित जेलै परे पनि
सानसाथ बस्ने थिएँ
सम्मान साथ ( खादा माला र जुलुस सहित !?)निस्कने थिएँ
पृय दाजु
जनि गरेर मलाई पनि भ्रष्टचारी भन्देउ न
दुईचार ठूला मान्छेमा गन्देउ न ।
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
जिन्दगी

जिन्दगी

खगेन्द्र नेउपाने
सरकार बनाउन देऊ

सरकार बनाउन देऊ

खगेन्द्र नेउपाने
नयाँ वर्षमा

नयाँ वर्षमा

खगेन्द्र नेउपाने
हे भगवान !

हे भगवान !

खगेन्द्र नेउपाने
जतातिर हरियाे छ त्यतैतिर चर्नुपर्छ

जतातिर हरियाे छ त्यतैतिर...

खगेन्द्र नेउपाने
को हो त्यो ?

को हो त्यो ?

खगेन्द्र नेउपाने
छिर्ने अरूका घर

छिर्ने अरूका घर

मुक्तिनाथ शर्मा
सिटामोल र बुद्ध

सिटामोल र बुद्ध

प्रमोद स्नेही
राष्ट्रिय इमान-बे-इमान !

राष्ट्रिय इमान-बे-इमान !

गायत्री परिरोशनी
डुबोस् देश के भो म सत्ता नछाडूँ ।

डुबोस् देश के भो...

घनश्याम रेग्मी
म्याऊँम्याऊँ

म्याऊँम्याऊँ

टङ्कराज ढकाल ‘तितेपाती’