साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मलाई पनि भ्रष्ट्राचारी भन्देउ न !

Nepal Telecom ad

दाइ ! height=
मलाई पनि भ्रष्ट्राचारी भन्देउ न
दुईचार ठूलाबडामा गन्देउ न । {{read_more}}

आजभोलि कोहि मेरो नाम
चियादोकानमा पनि लिंदैन
समाचारका पृष्टहरूमा पनि
कसैले भाउ दिंदैन
शिखर साँझ रिसोर्टको त कुरै छोडौं
मलाई
सेकुवा कर्नरमा पनि कोहि बोलाउँदैन
पुराण पार्टी र मञ्चहरूमा 
अतिथिको बिल्ला पनि लाउँदैन
दाइ ! मलाई पनि दामदार कर्मचारी भन्देउ न
दुईचार ठूलाबडामा गन्देउ न ।

नीजि कम्पनीका मालिकले
मलाई नमस्कारमा टेर्दैन
चन्दा दिन नसक्ने लाछीलाई
कोही पार्टीका लिडरले पनि हेर्दैन
थाई सिङ्गापुरको कुरै बेग्लै
तिरुपति जाने कि भनेर कोहि सोध्दैन
विवाह पिक्निक र रात्रीभोजमा
अलिकति खाने कि 
भनेर पनि कोहि खोज्दैन
दाइ ! मलाई पनि कालोबजारी भन्देउ न
दुईचार ठूलाबडामा गन्देउ न ।

कहिले कतै सालबारीमा
कहिले कतै मालबारीमा
कुरा मिलाउँन कतै कोहि बोलाउँदैन
मेरो निम्ति छद्मभेषी भाकामा
अनसनको धूलो छरेर सोझा आँखामा
नक्कली आदर्शको गीत गाउँदैन
दाइ ! मलाई पनि कामचोर अधिकारी भन्देउ न
दुईचार ठूलाबडामा गन्देउ न ।

हो नि दाजु !
कमसेकम भ्रष्टाचारी भए
सबैले चिन्ने थिए
दुनियाँ मेरै इसारामा हिन्ने थिए
कथमकदाचित जेलै परे पनि
सानसाथ बस्ने थिएँ
सम्मान साथ ( खादा माला र जुलुस सहित !?)निस्कने थिएँ
पृय दाजु
जनि गरेर मलाई पनि भ्रष्टचारी भन्देउ न
दुईचार ठूला मान्छेमा गन्देउ न ।
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
तीर

तीर

खगेन्द्र नेउपाने
मजदुर

मजदुर

खगेन्द्र नेउपाने
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
पहिरोको माखेसाङ्लो

पहिरोको माखेसाङ्लो

ठाकुर बेलबासे
संगतकाे फल

संगतकाे फल

रामविनय
लुताे

लुताे

चन्द्रप्रसाद न्याैपाने
सुके लुतो !

सुके लुतो !

उत्तम विचार
छिः मेरा बा

छिः मेरा बा

चेवनचन्द्र बस्नेत
0
Would love your thoughts, please comment.x
()
x