साइबर अपराध सम्बन्धी सचेतना सामग्री

टावर अनि पावरफुल

Nepal Telecom ad

नेपाली मानस जगत फुल खान्थे height=
फूल सुँग्घ्दथे हर पर्वमा लठ्ठिएर
अङ्ग्रेज जगत फूल हुन्थे मातिएर [[read_more}}
फुल हुन्थे जगतको मायावी नशासँग
अनि खोज्दथे आफ्ना परमेश्वरलाई !

ति हराउँथे खोज्दाखोज्दै अल्लाहका छलमा
अनि ब्रह्माको दारी समात्न पुग्थे कैलाशतिर !

नजिकै देखिएको टावर पनि कति पावरको
उहिलेका कैलाश, ट्रिगिज अनि काराकोरम,
अहिलेका पावरका मुनमा उठेका शिखरहरू
जातभात फाल्थे, छुवाछुत पाल्थे आँधीसँग !

समय समयमा म कहिले नेपाली फुल हुन्थेँ
खान्थे सबैले भेजकरीका रूपमा ब्रेकफास्ट 
समय समयमा म कहिले अङ्ग्रेज फुल बन्थेँ
फुल अप्सनका साथ तात्तिएर सडकहरूमा !

सडकमा पावरफुल हो या फूलपावर ठोकिन्थे 
नश्ल पावरमा फुलटावरका मात चढेका मान्छे !

हिउँदको रात, तुषाराको साथमा सडक थे
सडकभर फुल अप्सनका सडक छापहरू
जिन्दगीका पन्ना गन्ने विपन्न मानिसहरू 
फुल अप्सनमा रहेका मेरा बगैँचाका फूल !

अचेलका टावरका रागमा ध्वनित अप्सनहरू
पावरफुल हुन्थे अनसनका आडम्बर वरिपरि
कथा लुकेका फुल पावरका सभ्य मानिसहरू
टावरमा बहस गर्थे र मात्तिदै देख्थे मायालाई !

सबका सब देख्दथे नजरानाका अधरमा 
मायावी फुल पावर नशामा मानिसहरू

पावर हुनेसँग नजर पनि नजराना पनि दुबै
अप्सनहरू फुल हुन्छन् जतिवेला पनि !

उफ ! ईश्वर पनि फूल मन पराउँदैनन् अचेल
सुनफूलको सजावट अगाडि ।
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मुक्तिको मार्ग

मुक्तिको मार्ग

डा. विदुर चालिसे
नेताकाे ग्याङ

नेताकाे ग्याङ

डा. विदुर चालिसे
फ्याङ्ले काेट

फ्याङ्ले काेट

डा. विदुर चालिसे
थाम्पुराे

थाम्पुराे

डा. विदुर चालिसे
कैफियत प्रेम

कैफियत प्रेम

डा. विदुर चालिसे
आमा…

आमा…

डा. रमेश शुभेच्छु
आमा

आमा

प्रल्हाद पोखरेल
कस्तो मायाँ लाग्छ, आमा

कस्तो मायाँ लाग्छ, आमा

बिनुबाबा घिमिरे
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
शीतल जल र तातो खुराक

शीतल जल र तातो...

डा. पशुपति फुयाल
0
Would love your thoughts, please comment.x
()
x