साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुरभिको १०६ औँ शृङ्खला सम्पन्न

Nepal Telecom ad

 height=वरिष्ठ साहित्यकार गायत्री कुमार चापागाईको प्रमुख आतिथ्यतामा सुरभिको १०६ औँ आख्यान वाचन कार्यक्रम २०७६ असार २१ गते सम्पन्न भयो । {{read_more}} कार्यक्रममा १५ जना साहित्यकारहरूले कथा, लघुकथा र निबन्ध एवं हस्यव्यङ्ग्य वाचन गरेका थिए । असारको साँस्कृतिक परंपरा अनुसार दही चिउरा खाजाको व्यवस्था भएको थियो । कथा र लघुकथा वाचन गर्नेहरूमा प्रमोद प्याकुरेलले दन्तेको मामा, निरञ्जन आचार्यले खाली सिट, सुशील आचार्यले धान दिवस, पवित्रा अधिकारीले ओछ्यान, रन्जना पराजुली लम्सालले परिचय, कुशुम शर्माले बाल दिवस सन्दर्भ, रामकुमार पण्डितले दङ्ग पार्ने दिन, सरस्वती गौतमले यात्रा, शारदा पराजुलीले चैतको ओड्ने, गायत्री कुमार चापागाईले मार्सी भात शीर्षकका रचना प्रस्तुत गरेका थिए भने वेदमणि घिमिरे र अच्युत चालिसेले मौखिक रूपमा नीति कथा वाचन गरेका थिए । समिना खनाल पृथाले बाहुनको छोरो शीर्षकको निबन्ध, रमेश भट्टराई पुजारीले नाक शीर्षकको हास्यव्यङ्ग्य र शिव अधिकारीले आमा शीर्षकको लेख प्रस्तुत गरे । वाचित रचनाहरूको समीक्षा सुलेखका सम्पादक रामकुमार पण्डितले गरेका थिए । 

वरिष्ठ साहित्यकार एवं कार्यक्रमका अतिथि वेदमणि घिमिरेले मन्तव्यको क्रममा सुरभि साहित्य प्रतिष्ठानको मन्च प्रयोग गरेर आफूलाई धेरैले कथाकारको रूपमा चिनाएका र भविष्यमा अरू धेरैले चिनाउने धारणा व्यक्त गर्नुभयो । प्रमुख अतिथि गायत्री कुमार चापागाईले यस सुरभिमा आज वाचन गरिएका रचनाहरू एक से एक दमदार भएको र सुरभिले गरेको यस प्रकारको कार्यक्रमले साहित्यिक क्षेत्रमा विशिष्ट प्रतिभाहरू जन्मने धारणा बताउनु भयो ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलले सभापतिको भूमिका निर्वाह गनुभएको थियो भने अच्युत चालिसे,शिव अधिकारी, नोवेल साकोसकी अध्यक्ष सरस्वती गौतम,प्रल्हाद चालिसे लगायत स्थानीय प्रतिष्ठित व्यक्तित्वहरूले अतिथिको रूपमा ड्यासमा आसन जमाएका थिए । 

कार्यक्रम अच्युत घिमिरेले सञ्चालन गरेका थिए भने नगेन्द्रप्रसाद भट्टराईले स्वागत मन्तव्य दिनुभएको थियो ।
समाचार : राकुप
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x