साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घुम्ती कविगोष्ठीको ८० औँ शृङ्खला 

Nepal Telecom ad

असार १४, ०७६, शनिबार, घुम्ती कविगोगष्ठी नेपालको ८० औँ शृङ्खला बुढानिलकण्ठ नगरपालिका वडा नं. १२ कपन, खरीबोटको यात्री पुस्तकालयमा सम्पन्न भयो । {{read_more}} कपनबानेश्वरका प्रधान सम्पादक निबन्ध आचार्यको संयोजनमा सम्पन्न उक्त कार्यक्रममा बु.न.पा. वडा नं. १२ का वडा सदस्य पुरुषोत्तम नेपालको अध्यक्षता एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा. डा. जगत् उपाध्याय प्रेक्षितको प्रमुख आतिथ्य रहेको थियो । 

अन्य अतिथिहरूमा घुम्ती कवि गोष्ठीका सल्लाहकार एवम् अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे वेदमणि, मधुसुदन पाण्डेय, ढुण्डिराज मरासिनी, ढुण्डिराज पोखरेललगायत हुनुहुन्थ्यो । 

कार्यक्रममा घुम्ती कविगोष्ठीका अध्यक्ष परशुराम पराशरबाट कविता वाचन सुरु भई ओमप्रसाद कोइराला, रामचन्द्र दाहाल, त्रिलोचन आचार्य, घनश्याम प्रसाईं, नारायण नेपाल, पदम मुनारी वादिङ, अशोक कुँवर नेत्र, ओमकार प्रकाश नेपाल, रामकुमार पण्डित, सूर्य चापागाईं, कविता पोखरेल, मुना खतिवडा, सबुन घिमिरे, मिसन अधिकारी, दुर्गा अधिकारी भमरकोटेका साथै अतिथिहरूले समेत कविता, गीत, गजल, हाइकु, मुक्तक वाचन गर्नुभएको थियो । कार्यक्रममा वाचित रचनाहरूको समीक्षा गोविन्द घिमिरे वेदमणिले गर्नुभएको थियो । 

कार्यक्रममा प्रमुख अतिथि प्राज्ञ जगत् उपाध्याय प्रेक्षितले साहित्यका सबै विधालाई संस्कृत साहित्यमा काव्यमै गनिएको हुँदा कविता मात्र होइन कथा, निबन्ध, नाटक आदि सबै काव्य नै हुन् भन्नुभयो । साथै वहाँले कविता लेख्न पहिले समाजमा भोगेको वा आँखाले देखेको कुरालाई हृदयमा अनुभूत गरेपछि त्यसलाई कलाको जलप लगाएर रुचिकर बनाइन्छ अनि मात्र साहित्य बनिन्छ । कविता कालजयी हुने पनि यही तरिकाले हो भन्नुहुँदै कविताले समाजमा चेतना वा परिवर्तन ल्याउनसमेत मद्दत पु¥याउने कुरा बताउनु भयो । 

कार्यक्रममा दुर्गा अधिकारी भमरकोटे घुम्ती कविगोष्ठी नेपालको आजीवन सदस्य बन्नुभयो भने गोविन्द घिमिरे वेदमणि, ढुण्डिराज पोखरेल र अशोक कुँवर नेत्रले यात्री पुस्तकालयलाई पुस्तकहरू उपहार दिनुभएको थियो । 
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x