साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सावधान जहाज डुब्दैछ

Nepal Telecom ad

 

 

समुद्रको पानी
हेर्दा मात्र राम्रो हुन्छ,
किनारमा बसेर
खेलाउँदा राम्रो हुन्छ {{read_more}}
छेउमा पौडँदा
जहाजमा सयर गर्दा
माछा मार्दा पनि राम्रो हुन्छ ।

यही पानीमा
किनारबाट टाढा
यस जहाजबाट
डुब्न लागेको जहाजबाट
आगो लागेको जहाजबाट
जति हे-यो उति डर लाग्छ
सावधान जहाज डुब्दैछ !

थाहै भएन
कहाँबाट आए मुसाहरू
हामीले उल्टै मायाँ ग-यौंं
एक टुक्रा पाउरोटी र
एक टुक्रा चीज पनि
हाम्रा नानीको भाग काटेर
उनीहरूलाई दिने ग-यौं ।

मात्तिएका मुसाहरू
दिएकाले अघाएनन्
पेट भरेर मात्र अघाएनन्
चोरेर सञ्चय गर्न थाले
हाम्रा अन्न र फलहरू
प्वाल पार्दै फलेकमुनि
बनाउन थाले अदृश्य भण्डारहरू ।

हामी करायौं
तर उनीहरूले सुनेनन्
हामी रिसायौं
तर उनीहरूले टेरेनन्
हामीले छरेका विषहरू
निलेर नीलकण्ठ झैं
ताण्डव नाचिरहे मुसाहरू ।

नानीहरूले भाला हाने
मुसा भागे जहाजमा प्वाल परे
उनीहरूले भाग्न दुला बनाए
जहाजमा अझ बढी प्वाल परे
अबुझ नानीहरू क्रुद्ध भए
मुसाहरूका दुला-दुलामा
अहिले आगो लगाइदिएका छन् ।

कोही भन्छन्
मुसाले गरेर यस्तो भयो
अरू भन्छन्
नानीहरूले गरेर आगो लाग्यो
जे भएर भए पनि
माथि आगो छ तल पानी छ
उता काल छ यता महाकाल छ ।

बाँच्न चाहनेहरू ! भागिहाल
जो भएका डुङ्गाहरू
बाठाहरूले लगिसके
बाँकीले नबलेका फलेकहरू
अँगालेर पानीमा फाल हान
केही छैन भने त्यसै पनि
पानीभित्र फाल हान ।

भाग्यमा भए
कुनै किनारमा पुगौला
नभए पानीमा डुबी मरौला
या कुनै जन्तुको आहार बनौला
आगोमा पिल्सिएर मर्नुभन्दा
शीतल मृत्यु राम्रो होला
शान्त मृत्यु नै जाती होला ।

मतिर नहेर
म त बूढो नाविक
जहाज चले पनि
जहाज बले पनि
जहाज डुबे पनि
यसैसित सती जानु पर्छ
सावधान ! जहाज डुब्दैछ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
सिंहको हुङ्कार

सिंहको हुङ्कार

डा. हरिकुमार श्रेष्ठ ‘शिखर’
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
मूला

मूला

दुर्गा रिमाल अधिकारी
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x