सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

सावधान जहाज डुब्दैछ

Nepal Telecom ad

 

 

समुद्रको पानी
हेर्दा मात्र राम्रो हुन्छ,
किनारमा बसेर
खेलाउँदा राम्रो हुन्छ {{read_more}}
छेउमा पौडँदा
जहाजमा सयर गर्दा
माछा मार्दा पनि राम्रो हुन्छ ।

यही पानीमा
किनारबाट टाढा
यस जहाजबाट
डुब्न लागेको जहाजबाट
आगो लागेको जहाजबाट
जति हे-यो उति डर लाग्छ
सावधान जहाज डुब्दैछ !

थाहै भएन
कहाँबाट आए मुसाहरू
हामीले उल्टै मायाँ ग-यौंं
एक टुक्रा पाउरोटी र
एक टुक्रा चीज पनि
हाम्रा नानीको भाग काटेर
उनीहरूलाई दिने ग-यौं ।

मात्तिएका मुसाहरू
दिएकाले अघाएनन्
पेट भरेर मात्र अघाएनन्
चोरेर सञ्चय गर्न थाले
हाम्रा अन्न र फलहरू
प्वाल पार्दै फलेकमुनि
बनाउन थाले अदृश्य भण्डारहरू ।

हामी करायौं
तर उनीहरूले सुनेनन्
हामी रिसायौं
तर उनीहरूले टेरेनन्
हामीले छरेका विषहरू
निलेर नीलकण्ठ झैं
ताण्डव नाचिरहे मुसाहरू ।

नानीहरूले भाला हाने
मुसा भागे जहाजमा प्वाल परे
उनीहरूले भाग्न दुला बनाए
जहाजमा अझ बढी प्वाल परे
अबुझ नानीहरू क्रुद्ध भए
मुसाहरूका दुला-दुलामा
अहिले आगो लगाइदिएका छन् ।

कोही भन्छन्
मुसाले गरेर यस्तो भयो
अरू भन्छन्
नानीहरूले गरेर आगो लाग्यो
जे भएर भए पनि
माथि आगो छ तल पानी छ
उता काल छ यता महाकाल छ ।

बाँच्न चाहनेहरू ! भागिहाल
जो भएका डुङ्गाहरू
बाठाहरूले लगिसके
बाँकीले नबलेका फलेकहरू
अँगालेर पानीमा फाल हान
केही छैन भने त्यसै पनि
पानीभित्र फाल हान ।

भाग्यमा भए
कुनै किनारमा पुगौला
नभए पानीमा डुबी मरौला
या कुनै जन्तुको आहार बनौला
आगोमा पिल्सिएर मर्नुभन्दा
शीतल मृत्यु राम्रो होला
शान्त मृत्यु नै जाती होला ।

मतिर नहेर
म त बूढो नाविक
जहाज चले पनि
जहाज बले पनि
जहाज डुबे पनि
यसैसित सती जानु पर्छ
सावधान ! जहाज डुब्दैछ ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
जुठो हाड खाऊ

जुठो हाड खाऊ

रमेश खकुरेल
बिजुली पानी

बिजुली पानी

रमेश खकुरेल
म त भार भएँ

म त भार भएँ

रमेश खकुरेल
दलाल

दलाल

रमेश खकुरेल
पुरस्कार

पुरस्कार

नवराज कार्की
मिलेमतो (२)

मिलेमतो (२)

डा. खगेन्द्रप्रसाद दाहाल
अहम् !

अहम् !

जयदेव गाेविन्द
आऊ, हामी तानातान गरौँ !

आऊ, हामी तानातान गरौँ...

जीवनाथ अधिकारी