साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार टुक्रा भैरवमा

जाउँ असनमा बुझ्न डबलीतिर के भयो, नेता नम्बरको चर्चा अझैसम्म चलिरर्‍ह्यो, बाँकी नै छ यहाँ मुख्य कुरा गर्नु छ त्यो अब, भन्छन् हजुरको भान्छा भयो भएन भैरव ?

Nepal Telecom ad

१.
हाँस्ने मेसो मिलाएर भुँडीको जयगानमा
लाग्दै लाग्दैन जो मान्छे पर्नेछ अपमानमा
भन्ने भैरव अर्याल हामीबाट विदा भए
आलू निबन्धले भन्छ बाँच्न गाह्रो छ निर्भय ।

२.
चरीचुच्चे चको चर्चा चल्छ चौका चुलातक
इतिश्री सबै भन्न सकिंदैन भकाभक
पाँडे हजुरका बात के मार्नु ती हराम छन्
बाबू साहेबको प्रेम अचम्मकै बुझिन्छ झन् ।

३.
आस्था फाइलमा हुन्छ भन्ने छर्लङ्ग नै छ त
नाम फेरौँ सकेसम्म त्यो हो उत्तम आदत
साथी साथी मिले माथि खाँटी काम हुने थियो
भयो कन्जुसको जन्म काम कुरो बिथोलियो ।

४.
जाउँ असनमा बुझ्न डबलीतिर के भयो
नेता नम्बरको चर्चा अझैसम्म चलिरर्‍ह्यो
बाँकी नै छ यहाँ मुख्य कुरा गर्नु छ त्यो अब
भन्छन् हजुरको भान्छा भयो भएन भैरव ?

०००
मोलुङ- ५, ओखलढुङ्गा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
कति मर्नु ?

कति मर्नु ?

डिल्लीप्रसाद मूलतिहुन
जान्दछौँ

जान्दछौँ

डिल्लीप्रसाद मूलतिहुन
राम्रो पाठशाला

राम्रो पाठशाला

डिल्लीप्रसाद मूलतिहुन
देउ पैसा

देउ पैसा

डिल्लीप्रसाद मूलतिहुन
देख्छस् डिल्ली तँ (२)

देख्छस् डिल्ली तँ (२)

डिल्लीप्रसाद मूलतिहुन
बेलाको बोली- १७०

बेलाको बोली- १७०

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोकान

चार ठोकान

रमेश समर्थन
पाँच ठाेक्तक

पाँच ठाेक्तक

होम सुवेदी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
0
Would love your thoughts, please comment.x
()
x