साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हात्ती आयो हात्ती आयो फुस्सा !

हार्ने हुँडारहरू चुनावमा धाँदली भयो, स्वच्छ भएन भन्दै रुँदै रुँदै झाडी भित्र पसेछन् ।

Nepal Telecom ad

एकादेशको घनघोर जंगलमा को ठूलो भन्ने निहुँमा चुनाव हुने भएछ सबैले मिलेर चुनावमा भाग लिएछन् । निर्वाचनमा जिम्मेवारीको पनि बाँडफाँड गरेछन् । जसअनुसार-

सिंहको वरिपरि घुमिरहने टाठाबाठा स्यालहरू उम्मेदवार भएछ्न । दिउँसो आँखा नदेख्ने उल्लुहरू भोट माग्न हिंडेछन् । भारी बोक्दा पनि नगल्ने गधाहरू जुलुसमा हिंडेछन् । चितुवाहरूले रातभर मासु सिकार बाँडेछन, मासु डकार्दै आँधा भेडाहरूले एकोहोरो जस्ले खान दियो उसैलाई मात्रै भोट हालेछन् ।

बिस्तारै बिस्तारै कछुवाहरूले मतपत्र गन्न थालेछन् । छेपाराहरूले बाहिर बाहिर ताली बजाई रहेछन् । गेट बाहिर बसेर कुकुरहरू भुक्न थालेछन् । फ्याउराहरूले चुनाव जितेछन् । जित्नेहरू हात्ती गर्जे झै गर्जदै निश्पक्ष चुनाव भयो भन्दै बाँदरको जस्तो रातोमुख लिएर सिहदरवारतिर लागेछन्, हार्ने हुँडारहरू चुनावमा धाँदली भयो, स्वच्छ भएन भन्दै रुँदै रुँदै झाडी भित्र पसेछन ।

यो ढेडुको कथा सुनेर २४ सै घन्टा फेसबुक अपडेट हेरेर बस्ने हनुमान पनि पुच्छर हल्लाउँदै जंङ्गल छोडेर मानव बस्तीतिर छिरेछन र सबैले एक्कै स्वारमा भनेछन्- फेरि ५ बर्षसम्मको लागि हात्ती आयो हात्ती आयो फुस्सा ।……..

झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
चुनावी खित्कौली

चुनावी खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x