सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

हात्ती आयो हात्ती आयो फुस्सा !

हार्ने हुँडारहरू चुनावमा धाँदली भयो, स्वच्छ भएन भन्दै रुँदै रुँदै झाडी भित्र पसेछन् ।

Nepal Telecom ad

एकादेशको घनघोर जंगलमा को ठूलो भन्ने निहुँमा चुनाव हुने भएछ सबैले मिलेर चुनावमा भाग लिएछन् । निर्वाचनमा जिम्मेवारीको पनि बाँडफाँड गरेछन् । जसअनुसार-

सिंहको वरिपरि घुमिरहने टाठाबाठा स्यालहरू उम्मेदवार भएछ्न । दिउँसो आँखा नदेख्ने उल्लुहरू भोट माग्न हिंडेछन् । भारी बोक्दा पनि नगल्ने गधाहरू जुलुसमा हिंडेछन् । चितुवाहरूले रातभर मासु सिकार बाँडेछन, मासु डकार्दै आँधा भेडाहरूले एकोहोरो जस्ले खान दियो उसैलाई मात्रै भोट हालेछन् ।

बिस्तारै बिस्तारै कछुवाहरूले मतपत्र गन्न थालेछन् । छेपाराहरूले बाहिर बाहिर ताली बजाई रहेछन् । गेट बाहिर बसेर कुकुरहरू भुक्न थालेछन् । फ्याउराहरूले चुनाव जितेछन् । जित्नेहरू हात्ती गर्जे झै गर्जदै निश्पक्ष चुनाव भयो भन्दै बाँदरको जस्तो रातोमुख लिएर सिहदरवारतिर लागेछन्, हार्ने हुँडारहरू चुनावमा धाँदली भयो, स्वच्छ भएन भन्दै रुँदै रुँदै झाडी भित्र पसेछन ।

यो ढेडुको कथा सुनेर २४ सै घन्टा फेसबुक अपडेट हेरेर बस्ने हनुमान पनि पुच्छर हल्लाउँदै जंङ्गल छोडेर मानव बस्तीतिर छिरेछन र सबैले एक्कै स्वारमा भनेछन्- फेरि ५ बर्षसम्मको लागि हात्ती आयो हात्ती आयो फुस्सा ।……..

झापा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad