साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नामै त चतुरमान !

विजयी उम्मेदवारले शंका नगरुन् भन्नका लागि पनि म चाँडै जाने पर्छ, धेरै अविर घस्नु पर्छ र ठूल्ठूलो स्वरमा जिन्दावादको नारा लाउनु पर्छ ।

Nepal Telecom ad

“छोरा, खानै नखाइ यति हतार हतार काँ जान लाग्या फेरि ?” आमाले भान्सा भित्रैबाट सोध्नु भो । “विजय जुलुस आइपुग्नै लाग्यो, त्यसैले म निस्केँ आमा, ऐले खान लागिन ।” भन्दै चतुरमान टाई मिलाउन र जुत्ताको तुना कस्न लाग्यो ।

“हैन, तेरो भोट त खेर गयो भन्या होइन र भन्या, अस्ति त्यसो भन्दै थिइस् त, अनि कस्को केको विजय जुलुस ?” नजिकै पत्रिका पढेर बसिरहेका बावुले आश्चर्य मान्दै सोधे ।

“हुन त हो बुवा तर अब जस्ले जित्यो उसैलाई भोट हालेको भन्नु पर्छ, हामीले अन्यत्र भोट हालेको कुरा कसलाई थाहा छ र ! जो भोट माग्न आउँदा पनि हुन्छ दिउँला भनेकै छ क्यारे, कल्लाई के था गोप्य मतदान हो ।”

“भैगो त अनि खाएर जा न त, किन नखाई नखाई कुद्नु पर्यो त ?” पाकेको दुई गाँस खाएर गैदिए हुन्थ्यो भन्ने चाहन्थे बुवा ।

“होईन बुवा म जान्छु, विजयी उम्मेदवारले शंका नगरुन् भन्नका लागि पनि म चाँडै जाने पर्छ, धेरै अविर घस्नु पर्छ र ठूल्ठूलो स्वरमा जिन्दावादको नारा लाउनु पर्छ, यत्ति गरेपछि आफ्नै ठानेर मख्ख पर्छन् र भोलिका दिनमा उनीहरूसँग काम लिन सजिलो हुन्छ क्या !”

यसो भनिसक्दा नसक्दै चतुरमान सडकमा निस्क्यो । छोरोको बठ्याँई देखेर बाबु पनि मख्ख परे ।

हेटौडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कुकुर पत्ता लाग्यो

कुकुर पत्ता लाग्यो

मीनप्रसाद लामिछाने
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
म बुढो भएकै हो

म बुढो भएकै हो

मीनप्रसाद लामिछाने
देशमा फेरि चुनाव आयो

देशमा फेरि चुनाव आयो

मीनप्रसाद लामिछाने
कसरी हुन्छ सुधार ?!

कसरी हुन्छ सुधार ?!

मीनप्रसाद लामिछाने
हामी त केवल घण्टा हौँ

हामी त केवल घण्टा...

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x