साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ठट्यौली :: दुईटा कुरा

Nepal Telecom ad

भिरबाट हामफाल्यो भने दुईटा कुरा हुन्छ
कि मरिन्छ
कि बाँचिन्छ ।
!!
!!
बाँचियो भने त ठिकै हो
मरियो भने चाहिँ दुईटा कुरा हुन्छ
कि गाड्छन्
कि जलाउँछन् ।
!!
!!
जलाए भने त ठिकै हो
गाडे भने दुईटा कुरा हुन्छ
कि माटो भइन्छ
कि सडिन्छ ।
!!
!!
सडे त ठिकै हो
माटो भैयो भने दुईटा कुरा हुन्छ
कि उडेर जान्छ
कि झार उम्रिन्छ ।
!!
!!
उडेर गए त ठिकै हो
झार उम्रियो भने दुईटा कुरा हुन्छ
कि गाईले खान्छ
कि साबुन बनाउँछन् ।
!!
!!
गाईले खाए त ठिकै हो
साबुन बनाए भने दुईटा कुरा हुन्छ
कि लुगा धुने साबुन बनाउँछन्
कि नुहाउने ।
!!
!!
लुगा धुने साबुन बनाए त ठिकै हो
नुहाउने साबुन बनाए भने दुईटा कुरा हुन्छ
कि केटाले नुहाउँछ
कि केटीले ।

केटाले नुहाए त त्यस्तै हो….
केटीले नुहाई भने
त अबुई !!!
कस्तो लाज लाग्छ…….

-प्रकाश सापकोटा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तालु

तालु

ईश्वर पाेखरेल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
आधुनिक मजनु

आधुनिक मजनु

ईश्वर पाेखरेल
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x