साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

दिमाग स्वदेशी ज्यान परदेशी कहिलेसम्म टिक्ला खै घाँडो भयो विदेशी जीवन मलाई जाउँ कि क्या हो फिरेर ।

Nepal Telecom ad

नारायण भट्टराई

१. साधुहरू चोर भए चोरहरूको मात्रै भयो राज
गरिवहरूका करङ् देखाई मागिन्छ भोट आज
मानवता जलाइएको भस्मेमाथि रोपियो रे राम
नाङ्गाहरूको साम्राज्यमा अस्तित्व खोज्दैछ लाज ।

२. देश बनाउँछु भन्दै जबर्जस्ती देशका चोक्टा लुछेर खानेले
सरकारी सम्पति लुटेर खुरुखुरु आफ्नै घरमा लानेले
परदेशीले जन्मभूमि सम्झिँदा धारे हात लाउनेहरू
के नै खुत्याएर राष्ट्रवादी हुँ भन्दै देश छोडेर नजानेले ।

३.  कमायो तिर्‍यो कमायो तिर्‍यो कहिले होला सकिने तिरेर
थैली आफ्नो नभरिँदो रै छ अर्काको सम्पतिमा थुक निलेर
दिमाग स्वदेशी ज्यान परदेशी कहिलेसम्म टिक्ला खै
घाँडो भयो विदेशी जीवन मलाई जाउँ कि क्या हो फिरेर ।

०००
हाल, अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x