साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यस्तै छ

हियारो दुखेरै बगेको छ आँसु फुटेको छ छाला घटेको छ मासु । गिदी पेट हड्डी सधैं पोल्छ मेरो परी दुर्दशामा भएँ झन् अँधेरो ॥

Nepal Telecom ad

हृषीकेश बराल :

बढे दुष्ट जन्मी गरे बेइमानी
विदेशी बनाए दिई राहदानी ।
बुढा मात्र बस्छन् युवा कत्ति छैनन्
कुनै रोग लागे सिटामोल दिन्नन् ॥१

लुटाहाहरूकै चलेको छ राज
कहीँ चित्तबुझ्दो छँदै छैन काज ।
सदाचार बिर्सी दुराचार गर्छन्
यही रीत गर्ने बिना काल मर्छन् ॥२

चुसी द्रव्य सारा असाध्यै गनाए
कमाई रमाए दरिद्री बनाए ।
मरी स्वर्ग जाँदा त्यहीँ लान्छु ठानी
सुनै मात्र चोर्ने परेको छ बानी ॥३

भएको प्रतिष्ठा गयो नाम दाम
कहाँ शान्ति मिल्ला हरे कृष्ण राम ।
छ शास्त्रीय वाणी बुझी मान्नुपर्छ
अवज्ञा गरेमा सदा खस्नुपर्छ ॥४

हियारो दुखेरै बगेको छ आँसु
फुटेको छ छाला घटेको छ मासु ।
गिदी पेट हड्डी सधैं पोल्छ मेरो
परी दुर्दशामा भएँ झन् अँधेरो ॥५

भयो बाँच्न गाह्रो कहाँ मर्न जाऊँ
बढेको छ चिन्ता कता यो बताऊँ ।
छ इच्छा धरामा रमाएर बाँच्ने
गल्यो देह पूरै कहाँ के म साँच्ने ॥६

०००
पोखरा -२६ कास्की

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
किन यस्तो भने ?

किन यस्तो भने ?

हृषीकेश बराल
हो देश सर्वोपरि

हो देश सर्वोपरि

हृषीकेश बराल
देशको अवस्था

देशको अवस्था

हृषीकेश बराल
जीवनको अस्थिरता

जीवनको अस्थिरता

हृषीकेश बराल
जानकारी (२)

जानकारी (२)

हृषीकेश बराल
जानकारी (१)

जानकारी (१)

हृषीकेश बराल
शून्यजस्तै उज्यालो कटेरो

शून्यजस्तै उज्यालो कटेरो

लालबाबु शर्मा पोखरेल
मातापिता निधि दुई घरमै रमाउन्

मातापिता निधि दुई घरमै...

दुष्यन्त भट्टराई
मोती हाम्रा …

मोती हाम्रा …

पदम दाहाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

इन्द्रनारायण सुवेदी
विवश छन् सह‌योग छिटो गरौं

विवश छन् सह‌योग छिटो...

दीनानाथ पाेखरेल
आमालाई पाइँन

आमालाई पाइँन

भावना न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x